तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी

अर्थ राजनीति  ~  प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरे । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत […]

रास्वपाको शक्ति बढ्दा कांग्रेसमा भय

अर्थ राजनीति ~   तनहुँ–१ को उपनिर्वाचनको मतपरिणाम विश्लेषण गर्दा कांग्रेसले प्रत्यक्षतर्फको मत पनि जोगाउन सकेन । ६ महिनाको अवधिमा आफ्नो पकड भनेकै क्षेत्र कांग्रेसले उल्लेख्य मत गुमायो ।कांग्रेसभित्र आफ्नो विकल्पको रूपमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी बनिदेला कि भन्ने डर उब्जिएको छ । वैकल्पिक लोकतान्त्रिक शक्तिका रूपमा रास्वपाको उदय भए पार्टीको शक्ति खस्किन सक्ने नेताहरूको […]

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै शिलान्यास गरिने

अर्थ राजनीति  ~  बहुचचित बारा निजगढको विमान स्थल छिट्टै शिलान्यास गरिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । प्रधानमन्त्री दाहालले बाराको गढीमाईमा  चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विमानस्थल बनेपछि गढीमाईलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल गर्ने समेत घोषणा गरे । प्रधानमन्त्री दाहालले चुनावी […]

भारतमा कंग्रेस आईका नेता राहुल गान्धीले दिएको पुनरावेदन खारेज

अर्थ राजनीति  ~  भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता राहुल गान्धीले २ वर्ष जेल सजायविरुद्ध दिएको पुनरावेदन अदालतले खारेज गरेको छ । गान्धीले दिएको पुनरावेदन गुजरातको सुरत अदालतले बिहीबार खारेज हुने निर्णय सुनाएको हो । एक महिनाअघि सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै २ वर्षको […]

प्रधानमन्त्री प्रचण्डलाई कारबाही गर्न माग

अर्थ राजनीति ~  आसन्न उपचुनावलाई लिएर बहालवाला प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै तनहुँको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ संयोजक सूर्यमणि पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार पूर्वप्रधानमन्त्रीहरूसहित नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर डुम्रेलगायतको क्षेत्रमा गएको र चुनावी सभामा भाषणको क्रममा गठबन्धनका उम्मेदवारलाई जिताएर पठाए मन्त्री, मुख्यमन्त्री बनाउनेजस्ता अनूचित […]

“एमालेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ ” : सचिव भट्टराई

अर्थ राजनीति  ~  नेकपा (एमाले)का केन्द्रीय सचिव योगेश भट्टराईले संसद्मा आफ्नो पार्टीले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संसद् मा  टाउको हल्लाउनेमात्र नभई कमजोरी औँल्याउने भूमिका एमालेले निभाउने बताउनुभयो । सचिव भट्टराईले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप विधेयकमा एमालेको […]

परराष्ट्रमन्त्री साउद र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

अर्थ राजनीति ~   माननीय परराष्ट्रमन्त्री एनपी साउद र बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । आज परराष्ट्रमन्त्री साउदलाई भेट्न राजदूत पोलिट मन्त्रालय पुगेकी थिइन् । मन्त्री साउदको सचिवालयले दिएको जानकारीअनुसार भेटमा राजदूत पोलिटले साउदलाई जिम्मवारी सम्हालेको उपलक्ष्यमा बधाई दिएकी छन् । त्यसअवसरमा उनीहरुबीच आपसी विकास सहयोग, नेपाल र बेलायतबीच १०० वर्ष लामो सम्बन्ध एवं […]

तत्काल माग पुरा नभए बञ्चरेडाँडामा फोहोर फाल्न नदिने चेतावनी

अर्थ राजनीति  ~  नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले १५ दिनभित्र  स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नभए बञ्चरेडाँडामा फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । बिहीवार ती दुई पालिकाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै १५ दिनभित्र माग पुरा नभए काठमाडौं उपत्यका लगायतका स्थानबाट ल्याइने फोहोर बञ्चरेडाँडामा फाल्न नदिने चेतावनी दिएका हुन् । गत वर्ष शहरी […]

उपनिर्वाचनको प्रचार प्रसार गर्ने आज अन्तिम दिन, शीर्ष नेताहरुको दौडधुप

अर्थ राजनीति  ~  यही वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसार गर्ने आज (बिहीबार) अन्तिम दिन हो । बिहीबार नै राति १२ बजेपछि मौन समय सुरु हुने भएकाले दलहरु बिहीबार दिनभर अन्तिम प्रचारमा जुटेका छन् । मतदान सुरू हुनु ४८ […]

तनहुँ-१ मा राम्रो मतान्तरसहित स्वर्णिम वाग्लेले जित्ने सम्भावना

अर्थ राजनीति  ~  एकाबिहानै बन्दीपुर बजारको एउटा पसलमा छिर्दा उनी मोबाइलमा टिकटक भिडिओ स्क्रोल गर्दै थिइन्। हामीलाई देखेर थोरै लजाइन्।उनले अप्ठ्यारो मानेको चाल पाएर हामीले सिधै तनहुँ क्षेत्र नम्बर १ को चुनावी हालचालबारे कुराकानी सुरू गर्‍यौं। उनी हुन् बन्दीपुर गाउँपालिका–४ की ईश्वरी श्रेष्ठ। उनी अघिल्लो दिन मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछाने र […]