आजबाट काठमाडौँमा ‘सम्पदा बस’ सेवा सुरु

Machchapuchchre

अर्थ राजनीति  ~  आज देखी काठमाडौँ उपत्यकामा ‘सम्पदा बस’ सञ्चालनमा आउने भएको छ । काठमाडौँ उपत्यकाका सम्पदाहरूको दृश्यावलोकन गराउने उद्देश्यसहित आजबाट ‘सम्पदा बस’ सेवा सञ्चालनमा आउन लागेको हो । नेपाल पर्यटन बोर्डको व्यवस्थापनमा दुई वटा विद्युतीय बसहरूमार्फत काठमाडौँ उपत्यकाका सम्पदा देखाइने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए । उनका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूसम्म सम्पदा घुम्ती बस सेवाका रूपमा मङ्गलवारबाट ‘हफ अन हफ अफ बस’ सञ्चालन हुनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्