” घरको होस् वा बार्दलीको, सबैमाथि छानविन हुनुपर्छ ” : गगन थापा

Machchapuchchre

अर्थ राजनीति ~  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली भुटानी शरणार्थीमा नाम मुछिएका सबैमाथि छानविन हुनुपर्ने बताएका छन् । बुधवारको संसदमा विशेष समयमा आफ्नो धारणा राख्दै थापाले यस्तो बताएका हुन् । उनले अहिले सरकारको परीक्षा समेत भइरहेकोसमेत बताए। ‘शरणार्थी प्रकरणमा कसरी अनुसन्धान भइरहेको छ सबै नागरिकले हेरिरहेका छन्’ उनले भने, ‘यो सरकारको परीक्षा पनि हो ।’ उनले यो प्रकरणमा न्यायालयमाथि पनि परीक्षा भइरहेको बताए। शरणार्थी प्रकरणमा नाम मुछिएका केही व्यक्तिहरुलाई प्रहरीले अनुसन्धानमा ल्याउन नसकेकोतर्फ संकेत गर्दै थापाले भने,‘घरको मान्छे होस् या बर्दालीको चाहे नेता होस् या नाता सबैलाई कारबाहीको दायरामा ल्याइनुपर्छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्