“भ्रष्टाचारविरूद्ध केही समयभित्रै अझै ठुल्ठुला एक्सन हुँदैछन् ” : प्रधानमन्त्री प्रचण्ड

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरूद्ध अझै ठुला-ठुला एक्सन लिने  तयारीमा सरकार रहेको बताएका छन्। प्रेस सेन्टर नेपालको  १९ औं साधारणसभा एवम्  कृष्णसेन इच्छुकको २१ औं स्मृती दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारका अन्य प्रकरणमा पनि सरकारले एक्सन लिने बताएका हुन्।  ‘ केही समयभित्रै अन्य ठुल्ठुला एक्सन हुनेछन्,’ उनले भने,’ त्यो एक्सनले पार्ने तरङ्ग पनि अहिलेको जस्तै ठुल्ठुलो हुनेछ।’ प्रधानमन्त्री प्रचण्डले जुन संकल्पका साथ जनयुद्धमा लागेको हो त्यहि संकल्पका साथ अहिले भ्रष्टाचारविरूद्धको लडाइँमा लागेको पनि बताए। जनयुद्धताकाकै जस्तो भ्रष्टाचारविरूद्धको लडाईँमा पनि कतिबेला घेरामा परिने, मारिने र दुष्मनको घातप्रतिघातमा परिने हो भन्ने टुंगो नभएको उनले बताए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्