अस्पतालबाट फर्किएपछि प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट फर्किएपछि पहिलोपटक मन्त्रिपरिषद बोलाएका छन् । बैठक सोमवार बस्दैछ । एपेन्डिसाइटिसको शल्यक्रियापछि दश दिन अस्पताल बसेर फर्किएपछि प्रधानमन्त्री विस्तारै काममा फर्किएका छन् । १४ दिनअघि प्रधानमन्त्रीलाई अचानक स्वास्थ्यमा समस्या आएपछि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । चार दिनअघि अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्रीले यसबीचमा सीमित व्यक्तिहरुसँग मात्र भेटघाट गरेका […]
