झापा र सुनसरीमा गरी थपिए ११ संक्रमित

अर्थ राजनीति ~ प्रदेश-१ मा थप ११ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। संक्रमितहरूमध्ये झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जना छन्। सुनसरीमा देखिएका दुई जनामध्ये एक जना सशस्त्र प्रहरी रहेको खुलेको छ। झापामा थपिएका संक्रमितहरू भारतबाट आएका हुन्। सोमबार पनि गाउँपालिकाकै एक जना पुरूषमा संक्रमण देखिएको थियो। योसँगै कोरोना संक्रमितको संख्या ३ […]

प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आज संसदमा जवाफ दिने

अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आज संसदमा जवाफ दिनेछन् । नीति तथा कार्यक्रममा दुई दिनसम्म १ सय १८ जना सांसदले भाग लिएका थिए । प्रधानमन्त्रीको जवाफपछि  नीति कार्यक्रममाथि संशोधन निर्णयार्थ पेश गरिनेछ । विभिन्न राजनीतिक दलका तर्फबाट नीति तथा कार्यक्रममा सात वटा संशोधन प्रस्तावसमेत परेको छ । […]

सोमबार एकैदिन ८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३७५ पुग्यो

अर्थ राजनीति – नेपालमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या ३७५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राती  १०:१५ बजे सार्वजनिक गरेको विवरण अनुसार धनुषा, खोटाङ, बाँके, दैलेख, सुनसरी र झापामा गरी १८ जनामा संक्रमण देखिएको हो। आजै सोमबार विहान ९ र दिउसो ५३ गरी ६२ जनामा […]

कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा अब सरकारी कामकाजमा

अर्थ राजनीति – शुक्रवार संसद्मा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भारतसँग कूटनीतिक तहमा वार्ता गरी नेपाली भूमि फिर्ता ल्याउन सरकार प्रतिबद्ध रहेको बताएकी थिइन्। नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको संसद्मा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुअघि मन्त्रिपरिषद्को बैठकले नेपालले आफ्नो दाबी गर्दै आएको भूमि समेटिएको नक्सा अनुमोदन गरेको हो। सञ्चार […]

लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक

अर्थ राजनीति – मन्त्रिपरिषद बैठकले पारित गरेको लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । उनले भने, ‘उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनीक प्रवन्ध पनि समेटेको छ । यो नक्सा अब नेपालको सबै विसिमका प्रशासनिक प्रवन्धहरुमा […]

५३ जनामा काेराेना सङ्क्रमण थपिए, कुल सङ्क्रमित सङ्ख्या ३५७ पुग्याे

अर्थ राजनीति ~  कोरोनाभाइरस (कोभिड–१९) काे पछिल्लाे परीक्षणअनुसार थप ५३ जनालाई सङ्क्रमण पुष्टि भएकाे छ । योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ३५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो । उहाँका अनुसार हालसम्म सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सङ्क्रमित सबैकाे कन्ट्याक्ट ट्रेसिङ भइरहेकाे मन्त्रालयले जनाएकाे छ […]

आरोप प्रमाणित भए झुण्डिन तयार छु: संसद कृष्णकुमार श्रेष्ठ

अर्थ राजनीति – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कृष्णकुमार श्रेष्ठले आफूमाथि लागेको अपहरणको आरोप प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले आफूमाथि पूर्वाग्रहका आधारमा आरोप लगाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “ममाथि लागेको अपहरणको आरोप प्रमाणित भए म झुण्डिन तयार छु, तर आरोप […]

रौतहट र बारामा थप ९ जनामा सङ्क्रमण पुष्टि, कुल ३०४ पुग्यो

अर्थ राजनीति – पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप ९ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ३०४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ । पछिल्लाे परीक्षण रिपाेर्टअनुसार सङ्क्रमित हुनेमा राैतहट इशनाथ नगरपालिका २, ३,६ र ९ निवासी २१, २१, २३, २५, २५, २९, ३० वर्षीय पुरूष, राैतहट माधवनारायण नगरपालिका ३ […]

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

अर्थ राजनीतित – मन्त्रिपरिषदले चैत ११ गतेदेखि जारी लक डाउन (बन्दाबन्दी) जेठ २० गतेसम्म थप गरेको छ । जेठ ५ गतेदेखि लक डाउनकाे अवधि सकिने तय भएसँगै पछिल्लो पटकको निर्णय अनुसार जेठ २० गतेसम्म लक डाउन लम्ब्याइएको हो । साे कुराकाे जानकारी नेपाल सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी गराउनुभयाे । मन्त्रीपरिषद्को आईतबार साँझ बसेको बैठकले […]

दु:खद खबर; कोरोनका कारण नेपालमा दोस्रो व्यक्तिको मृत्यु

अर्थ राजनीति – नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप अर्को मृत्यु भएको छ। बाँकेको क्वारेन्टाइनमा रहेका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके नरैनापुरका २५ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो। यस विषयमा थप विवरण आउन बाँकी रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। यसअघि धुलिखेल अस्पतालमा सिन्धुपाल्चोक बाह्रबिसेकी २९ […]