सोमबार एकैदिन ८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३७५ पुग्यो

Machchapuchchre

अर्थ राजनीति – नेपालमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या ३७५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राती  १०:१५ बजे सार्वजनिक गरेको विवरण अनुसार धनुषा, खोटाङ, बाँके, दैलेख, सुनसरी र झापामा गरी १८ जनामा संक्रमण देखिएको हो।

आजै सोमबार विहान ९ र दिउसो ५३ गरी ६२ जनामा कोरोना संक्रमण देखिएको थियो। राती थपिएका १८ सहित सोमबार मात्र ८० जना संक्रमित थपिएका हुन्।

नेपालमा हालसम्म २ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ भने ३६ जना उपचारपछि निको भएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्