कोभिड–१९ का १८६ नयाँ सङ्क्रमित थपिए, कुल १७ हजार ८४४

अर्थ राजनीति ~ नेपालमा कोभिड–१९ का १८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा १८६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा चार हजार २१६ नमूना सङ्कलन गरी परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ […]

लकडाउन पुन लम्बिने, नयाँ ढाँचाबारे मन्त्रिपरिषद्ले आज निर्णय गर्दै

अर्थ राजनीति ~ सरकारले लकडाउनको नयाँ ढाँचाबारे सोमबार निर्णय गर्ने भएको छ । हरेक मन्त्रालयले आ–आफ्नो क्षेत्रको लकडाउनको ढाँचाबारे प्रस्ताव पेस गरेका छन् । त्यही आधारमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्णय गरेर प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजानेछ । साउन ७ गतेपछिको ढाँचा मन्त्रिपरिषद्‌मा छलफल गर्ने गरी विभिन्न मन्त्रालयबाट आएका प्रस्तावमाथि गृहकार्य भइरहेको सीसीएमसी सचिवालयका संयोजक […]

निरन्तर भारि वर्षा, सतर्कता जरुरी

अर्थ राजनीति ~  जल तथा मौसम विज्ञान विभागले मनसूनी न्युन चापीय रेखा नेपालतिर सरेको जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको विभागकाे भनाइ छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मध्यम वर्षा हुनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका […]

साउने सोमबार पनि नखुल्ने भयो पशुपतिनाथ मन्दिर

अर्थ राजनीति ~ कोरोना भाइरसको महामारीले यस वर्ष साउने सोमबारमा पनि पशुपतिनाथ मन्दिर खुला नहुने भएको छ । सरकारले तत्काल पशुपतिनाथ मन्दिर सर्वसाधरणको लागि खुला गर्ने निर्णय नगरेकाले साउनका सोमबारमा पनि मन्दिर खुला नहुने पशुपति क्षेत्र बिकास कोषले जनाएको छ । लकडाउन खुकुलो भएसँगै अन्य क्षेत्रहरु क्रमिकरूपमा सामान्य अवस्थामा फर्किए पनि भिडभाड बढी हुने मठमन्दिर […]

नेकपा स्थायी कमिटी बैठक पुन स्थगित

अर्थ राजनीति ~ आज (आइतबार) ३ बजेका लागि बोलाइएको सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठक फेरि स्थगित भएको छ । पटक पटक स्थगित हुँदै आएको बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै बताएको छ । यसअघिका स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष […]

सार्वजनिक यातायात सञ्चालनको तयारि

अर्थ राजनीति ~ सरकारको निर्णयअनुसार भोलिदेखि सार्वजनिक सवारीसाधान सञ्चालनमा आउने भएका छन् । सरकारले असार २६ गतेदेखि नै सवारीसाधन सञ्चालन गर्ने निर्णय गरे पनि विभिन्न माग राख्दै आएका व्यवसायीहरु विभागमा आइतबार भएको छलफलपछि सवारीसाधान सञ्चालन गर्न तयार भएका हुन् । अहिले अन्तरजिल्लामा मात्रै यातायात सञ्चालन हुनेछन् । उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन् । […]

प्युठानमा कामदार बोकेको ट्रयाक्टर सडकबाट खस्यो, सातको मृत्यु

अर्थ राजनीति ~  प्यूठानमा ट्याक्टर दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ । गए राती १२ः५५ वजेको समयमा स्वर्गद्वारी नगरपालिका ३ रुमालेमा लु २ च ४२३४ नम्वरको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । मृत्यु हुने सबै रोल्पाका रहेको र पहिचान खुलि नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक […]

केपी ओलीको नयाँ प्रस्ताव: मंसिरमा महाधिवेशन

अर्थ राजनीति ~ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको दबावका बावजुद प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने अडान लिइरहेका ओलीले महाधिवेशनको नयाँ प्रस्ताव अघि सारेका हुन् । शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले पार्टीको […]

नेकपा सचिवालय बैठक सकेर ओली र प्रचण्ड शितलनिवासमा

अर्थ राजनीति~ सत्तारुढ नेकपाको सचिवालय बैठक सकिनेवित्तिकै प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा करिब ४ घण्टासम्म बसेको सचिवालय बैठकपछि ओली र प्रचण्ड शितलनिवास गएका हुन् । सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकता कायम राख्दै सहमति खोज्ने निष्कर्ष निकालिएको जानकारी दिएका […]

तीन साताकै आज कम कोरोना सङ्क्रमण, चौबीस घण्टामा मात्र ५७ जना थपिए

अर्थ राजनीति ~ नेपालमा कोभिड–१९ बाट थप ५७ जना सङ्क्रमित भएका छन् । सङ्कलन गरिएको नमूनाको पछिल्लो चौबीस घण्टामा आएको प्रतिवेदन बमोजिम ५७ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा नयाँ बिरामी थपिएसँगै नेपालमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या १७ हजार ५०२ जना पुगेको जानकारी दिएको छ । […]