नेकपा सचिवालय बैठक सकेर ओली र प्रचण्ड शितलनिवासमा

Machchapuchchre

अर्थ राजनीति~ सत्तारुढ नेकपाको सचिवालय बैठक सकिनेवित्तिकै प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा करिब ४ घण्टासम्म बसेको सचिवालय बैठकपछि ओली र प्रचण्ड शितलनिवास गएका हुन् ।

सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकता कायम राख्दै सहमति खोज्ने निष्कर्ष निकालिएको जानकारी दिएका थिए ।

नेकपाको स्थायी कमिटी बैठक भोलि दिउँसो तीन बजे बस्दैछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्