प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टीले बुधबार देशव्यापी विरोध प्रदर्शन गर्ने

अर्थ राजनीति ~ प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टीले देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । सोमबार बसेको आकस्मिक बैठकले ८ पुसमा र्‍यालीसहित देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय भएको जसपा अध्यक्ष महन्थ ठाकुरले बताए । मंगलबार मध्यान्ह १२ बजे केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर संघर्षका थप कार्यक्रम घोषणा गरिने भएको छ । संसद विघटन असंवैधानिक र […]

नेपाल कम्युनिस्ट पार्टीका ओली र प्रचण्ड पक्षले आज छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बस्दै

अर्थ राजनीति ~ नेपाल कम्युनिस्ट पार्टीका ओली र प्रचण्ड पक्षले आज छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बोलाएका छन् । सोमबार समानान्तर संसदीय दलको बैठक बोलाएर विभाजनको पूर्वअभ्यास गरिसकेका उनीहरुले आज केन्द्रीय कमिटीको अलग–अलग बैठक बोलाएर त्यसलाई औपचारिकता दिने तयारी गरेका छन् । दुवै पक्षले केन्द्रीय समितिको बैठकबाट एकअर्का अध्यक्षलाई कारबाही गर्ने निर्णय गर्ने नेताहरुले जानकारी दिएका […]

प्रधानमन्त्री ओलीको देशबासीका नाममा सम्बोधन : निर्वाचनको तयारीमा जुट्न आहृवान

अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचान घोषणा गरेको भोलिपल्ट सोमबार दिउँसो देशबासीलाई सम्बोधन गर्दै ओलीले निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका हुन् । ‘निर्वाचनमा जाँदा संविधान अप्ठ्यारोमा पर्छ, लोकतन्त्र संकटमा पर्छ र मुलुक अस्थिरतातर्फ धकेलिन्छ भनेर चलाउन खोजिएका […]

नेपाल सरकार र विश्व बैंकबीच ‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाका लागि वित्तीय सम्झौता पत्रमा हस्ताक्षर

अर्थ राजनीति ~ नेपाल सरकार र विश्व बैंकबीच ‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाका लागि वित्तीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । अर्थमन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रमकाबीच करिब ९ अर्ब ५० करोड रुपैयाँ बराबरको आयोजनामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा अर्थसचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फरिस […]

नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव नेपाल समूहका सांसदहरुको बैठक सुरु

अर्थ राजनीति ~ सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि केपी ओली नेतृत्वको सरकारको आलोचना भइरहेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव नेपाल समूहका सांसदहरुको बैठक सुरु भएको छ । प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गरेको भोलिपल्ट कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले सांसदहरुको बैठक बोलाएका थिए । भेलामा […]

ओली आज दिउँसो ३ बजेदेखि देशवासीको नाममा सम्बोधन गर्दै

अर्थ राजनीति ~ सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि केपी ओली नेतृत्वको सरकारको आलोचना भइरहेको छ । यसै बिच,प्रधानमन्त्री ओली आज दिउँसो ३ बजेदेखि देशवासीको नाममा सम्बोधन गर्दै छन । संसद विघटन गराएर वैशाखमा दुई चरणमा निर्वाचन घोषणा गरेका ओलीले सम्बोधनको क्रममा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा विचार राख्ने जानकारी छ ।

नेपाल विद्यार्थी संघ धनकुटाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन

अर्थ राजनीति ~ नेपाल विद्यार्थी संघ धनकुटाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन । संसद विघटन गर्ने र ताजा जनादेशका लागि नयाँ निर्वाचनमा जाने निर्णयको विरोध गर्दै नेविसंघ धनुकटाले आइतबार साँझ ओलीको पुत्ला दहन गरेका हुन् । नेपाल विद्यार्थी संघ जिल्ला समिति र धनकुटा बहुमुखी क्याम्पस इकाइ समितिले संयुक्त रुपमा मसाल जुलुस निकाल्दै […]

संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध कानुन व्यवसायीहरु रिट लिएर सर्वोच्च अदालत

अर्थ राजनीति ~ संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध धेरै कानुन व्यवसायीहरु रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । आइतबार राष्ट्रपतिबाट संसद विघटन स्वीकृत भएसँगै कानुन व्यवसायीहरु रिट लिएर सर्वोच्च पुगेका हुन् । सर्वोच्चमा आइतबार ३ वटा रिट पेश भएकोमा सोमबार दिउँसो १ बजेसम्म थप ५ वटा रिट पेश भएको जानकारी छ । अहिलेसम्म ८ वटा […]

प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध कीर्तिपुरमा मसाल जुलुस

अर्थ राजनीति ~ प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध कीर्तिपुरमा मसाल जुलुस निकालिएको छ । नेपाल कम्युनिष्ट पार्टीको कीर्तिपुर नगर कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जुलस निकालेको हो । नेकपाका केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरको संयोजनमा प्रदर्शन निकालिएको जानकारी छ ।

संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिए

अर्थ राजनीति ~ संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव, […]