संसद विघटन छलफल गर्न नेकपा सांसदहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला

अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गरेपछि यस विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक राखेर संसद विघटन सिफारिस गरेलगत्तै नेकपा सांसदहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका छन । छलफलका लागि नेकपाका ६४ जना सांसद भेला भएका छन् । छलफलपछि पत्रकार सम्मेलन […]

प्रचण्ड-नेपाल समूहका मन्त्रीहरुले सामुहिक राजिनामा दिने तयारी

अर्थ राजनीति ~ राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरेपछि केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुले राजिनामा दिने तयारी गरेका छन् । सरकारमा प्रतिनिधित्व गर्ने नेकपामा प्रचण्ड-नेपाल समूहका मन्त्रीहरुले सामुहिक राजिनामा दिने तयारी गरेका हुन् । त्यसका लागि सिंहदरवारमा प्रेस मिट आयोजना गर्ने तयारी भइरहेको स्रोतले बताएको छ ।

वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा

अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । साथै उनले आमनिर्वाचनको मितिसमेत तोकदिएकी छन । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरूबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरीत भएको बताएका थिए […]

नेपाल कम्युनिस्ट पार्टीले पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्ने

अर्थ राजनीति ~ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्ने तयारी थालेको छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल सहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसहितका बहुमत सचिवालय सदस्‍यहरुले स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने तयारी थालेका हुन् । आजको बैठकमा ओली सहभागी नहुने अडानमा छन । सोही […]

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस

अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकबाट संसद विघटनको सिफारिस गर्ने निर्णय गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने

अर्थ राजनीति ~ हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ । शनिबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा देशभर उठेको आवाजमा आफूहरुको पनि समर्थन रहेको बताएका छन । राप्रपाले झापा, मकवानपुर लगायतका जिल्लामा […]

नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठक आज बस्दै

अर्थ राजनीति ~ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने/नहुने यकिन नभएको उनको सचिवालय स्रोतले जानकारी दिएको छ । ओली नआएको खण्डमा बैठक अगाडि बढाउने वा नबढाउने भन्ने सम्बन्धमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालबिच कुरा चलिरहेको छ । प्रधानमन्त्री ओलीले भने शीर्ष तहमा […]

अध्यादेशको विरुद्धमा सर्वोच्च अदालतमा दायर भएका दुईवटा रिटमा शुक्रबार सुनुवाई नहुने

अर्थ राजनीति ~ संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विरुद्धमा सर्वोच्च अदालतमा दायर भएका दुईवटा रिटमा शुक्रबार सुनुवाई नहुने भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिट शुक्रबार संवैधानिक इजलासमा पेसी तोकिए पनि सुनुवाई नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको पूर्ण […]

सभामुख अग्नि सापकोटाको मुद्दा पेसीमा चढाएको

अर्थ राजनीति ~ सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाको मुद्दा पेसीमा चढाएको छ । सापकोटाको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको हो । यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो ।

पेरिसडाँडामा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रदेश १ का अध्यक्ष र सचिवहरूको भेला

अर्थ राजनीति ~ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रदेश १ का अध्यक्ष र सचिवहरूको भेला बोलाइएको छ । पेरिसडाँडामा आयोजित भेलामा प्रदेश १ का आफू निकट जिल्ला अध्यक्ष र सचिवहरु सहभागी रहेको जानकारी छ । भेलामा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले पार्टीभित्रको वर्तमान परिस्थितिबारे […]