चिनियाँ राजदूत होउ यान्छी र राष्ट्रपति विद्यादेवी भण्डारी बीच भेटवार्ता

अर्थ राजनीति ~ चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् । संसद भंगसँगै राजनीतिक संकट गहिरिँदै गएको समयमा उनले रास्ट्रपतिसँग भेट गरेकी हुन् । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा चीनले अहिलेसम्म कुनै पनि धारणा व्यक्त गरेको छैन । चीनले नेकपाका नेताहरुलाई पार्टी विभाजन नगर्न सुझाव दिएको थियो ।

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ आज

अर्थ राजनीति ~ संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ आज हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा भंग गरी आगामी बैशाख २७ र २७ गते मध्यावधि निर्वाचन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सदर गरेकी थिइन् । संसद विघटन असंवैधानिक भएको दाबीसहित राष्ट्रपति र प्रधानमन्त्रीसमेतलाई विपक्षी बनाइ सर्वोच्चमा […]

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली मंगलबारदेखि नेकपा (ओली समूह) को प्रवक्तामा नियुक्त

अर्थ राजनीति ~ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली मंगलबारदेखि नेकपा (ओली समूह) को प्रवक्तामा नियुक्त भएका छन् । बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय समिति बैठकले पार्टीको प्रवक्तामा नियुक्त गरेपछि ज्ञवालीले प्रधानमन्त्री निवास परिसरमै उभिएर पत्रकारहरुको सामना गरे । प्रवक्ता ज्ञवालीले मंगलबारको बैठकले गरेका निर्णयहरुको जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड– माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु

अर्थ राजनीति ~ नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड– माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्याङ्केटमा स्थायी कमिटीको बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक बसेको हो । स्थायी कमिटीको बैठकले माधवकुमार नेपाललाई पनि पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ओली समूहले पार्टीको महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय

अर्थ राजनीति ~ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको ओली समूहले पार्टीको महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा बोलाएका थिए । बैठकमा उनले प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीयमा ५५६ थपेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव […]

केपी शर्मा ओलीले बोलाएको बैठकमा गृहमन्त्री रामबहादुर थापा गएनन्

अर्थ राजनीति ~ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा गृहमन्त्री रामबहादुर थापा गएनन् । केहीवेरअघि बालुवाटारमा ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । गृहमन्त्री बादल भने बैठकमा उपस्थित भएनन । सोमबार राति बालुवाटार पुगेर बादलले ओलीसँग भेट गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टीको ओली समूहले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको

अर्थ राजनीति ~ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको ओली समूहले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ । अध्यक्ष केपी शर्मा ओली ओलीले बोलाएको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ । पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको हो । श्रेष्ठको ठाउँमा परराष्ट्रमन्त्री समेत रहेका प्रदीप ज्ञवालीलाई नियुक्ति गर्ने […]

प्रधानमन्त्री केपी शर्मा ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा

अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् । ओलीले ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषण गरेका छन । नेकपामा अहिले […]

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

अर्थ राजनीति ~ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । बैठकमा अहिले भैरहेको राजनीतिक गतिविधिहरु बारे छल फल गरिने छ । कांग्रेसको आयोजनामा सोमबार बसेको प्रमुख तीन दलको संयुक्त बैठकले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गर्दै त्यसको विरोध गर्ने निर्णय […]

निर्वाचन आयोगमा बुझाउने प्रयोजनका लागि केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन

अर्थ राजनीति ~ निर्वाचन आयोगमा बुझाउने प्रयोजनका लागि केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन भइरहेको छ । हस्ताक्षर संकलन भइरहेकाले बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको केन्द्रीय सदस्यहरुको बैठक सुरु हुन सकेको छैन । ओली पक्षले कार्यकारी अध्यक्ष प्रचण्ड र उनी पक्षीय नेताहरुलाई कारबाही गर्ने निर्णय गरी निर्वाचन आयोगमा केन्द्रीय सदस्यहरुको […]