राष्ट्रपति कार्यालयले संसद विघटन सम्बन्धमा सर्वोच्च अदालतले मागेको लिखित जवाफ आज बुझाउँदै

अर्थ राजनीति ~ राष्ट्रपति कार्यालयले संसद विघटन सम्बन्धमा सर्वोच्च अदालतले मागेको लिखित जवाफ आज बुझाउँदै छ । संसद् विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ पेस गर्न आज पुस १९ गतेसम्मको समयसीमा दिएको थियो । सरकारले पनि महान्याधिवक्ता कार्यालयमार्फत् आजै दिउँसो सर्वोच्चमा लिखित जवाफ […]

नक्कली पीसीआर रिपोर्ट बनाएर दुवै जान लागेका ७ जना प्रक्राउ

अर्थ राजनीति ~ नक्कली पीसीआर रिपोर्ट बनाएर दुवै जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको खैरागरका दिनेश सिंहलगायत रहेका छन् । दिनेशको  टोली शनिबार साँझ दुबई जना लागेका  थियो । त्यसक्रममा जाँच गर्दा रिपोर्ट नक्कली पाइएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको छ  ।

प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी

अर्थ राजनीति ~ नेपाल कम्युनिस्ट पार्टी  विभाजन भएसँगै प्रचण्ड-नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको छ । ओली पक्षबाट नेकपा संसदीय दलका नेता बनेका मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड-नेपाल समूहका सांसद शत्रुघन महतोले जानकारी दिएका छन । दलका नेता मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता भइसकेको र आइतबार बैठक […]

सर्वोच्च अदालतले उखु किसानलाइ एक महिनाभित्र भुक्तानी दिलाउन सरकारको नाममा अन्तरिम आदेश जारी

अर्थ राजनीति ~ सर्वोच्च अदालतले उखु किसानले उद्योगबाट पाउन बाँकी रकम एक महिनाभित्र भुक्तानी दिलाउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । बिहीबार सर्वोच्च अदालतले  एक महिनाभित्र अनिवार्य रुपमा उखु किसानलाई उद्योगले तिर्नुपर्ने रकम भुक्तानी दिनु दिलाउनू भनी अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले आफूले बेचेको सामानको मूल्य पाउने कुरा बजारको सामान्य र […]

वामदेव गौतम पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार

अर्थ राजनीति ~ नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतम पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । गौतम बिहान  खुमलटार पुगेका थिए ।उनले प्रचण्डसँग झण्डै एक घण्टा छलफल गरेर  फर्किएका छन् । नेकपा विभाजन पछि गौतम कुनै समूहमा पनि गएका छैनन् । नेकपा विभाजन रोक्न प्रयास गर्ने गौतमले बताउँदै आएका छन् ।

प्रधानमन्त्री ओलीले अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा शुभकामना सन्देश दिँदै

अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रिय समृद्धिका पाइला आगामी वर्ष थप उचाइमा पुग्ने बताएका छन् । अर्काे नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि बसालेको जग अझ देखिने गरी थप उचाइमा पुग्ने ओलीले भनेका छन ।  ओलीले हामीले मुलुक र जनताको दीर्घकालीन […]

राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजबाट सुरु

अर्थ राजनीति ~ राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजबाट सुरु हुने भएको छ । प्रतिनिधिसभा विघटन भए पनि स्थायी सदन राष्ट्रियसभाको बैठक आज पहिलो पटक बस्न लागेको छ । बैठक चार बजे बोलाइएको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलका अनुसार आजको बैठकको सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक आह्वान गरेको सम्बन्धी पत्र पढेर सुनाइने छ । […]

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको तयारी

अर्थ राजनीति ~ सत्तारुढ नेपाल कम्युनष्टि पार्टी भित्रको विवादका कारण होल्डमा रहेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको तयारी पुन: थालिएको छ । जनवरीका दोस्रो साता भ्रमण गर्नेगरी दुवै पक्षले तयारी अगाडि बढाएका छन् । आगामी हप्ताबाट सर्वाेच्चमा संसद विघटनको बारेमा छलफल हुने भएकाले तत्कालै मिती भने घोषणा नगरिने स्रोतले जानकारी दियो । ज्ञवाली संयुक्त […]

मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदै

अर्थ राजनीति ~ मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । बुधबार सो रिटलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । संसद् विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाइने भन्दै अधिवक्ताहरू दिनेश त्रिपाठी, लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले गत १३ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयलाई […]

राष्ट्रियसभा सदस्यहरुको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन

अर्थ राजनीति ~ राष्ट्रियसभा सदस्यहरुको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन भएको छ । राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते अपरान्ह ४ बजेको निम्ति आह्वान भएको छ । पहिलो बैठकको अघिल्लो दिन बिहीबार सबै सदस्यको निःशुल्क कोभिड–१९ परीक्षणको व्यवस्था मिलाइएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिएका छन । भोलिसम्म रिपोर्ट आउने बताइएको छ । […]