सर्वोच्च अदालतले उखु किसानलाइ एक महिनाभित्र भुक्तानी दिलाउन सरकारको नाममा अन्तरिम आदेश जारी

Machchapuchchre

अर्थ राजनीति ~ सर्वोच्च अदालतले उखु किसानले उद्योगबाट पाउन बाँकी रकम एक महिनाभित्र भुक्तानी दिलाउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । बिहीबार सर्वोच्च अदालतले  एक महिनाभित्र अनिवार्य रुपमा उखु किसानलाई उद्योगले तिर्नुपर्ने रकम भुक्तानी दिनु दिलाउनू भनी अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले आफूले बेचेको सामानको मूल्य पाउने कुरा बजारको सामान्य र सर्वस्वीकार्य सिद्धान्त तथा नियमभित्र पर्ने विषय हो भन्दै उखु किसानले भुक्तानी पाउन प्रत्येक वर्ष जिल्ला सदरमुकाम हुँदै काठमाडौंसम्म हारगुहार र धर्ना दिनुपर्ने स्थिति आफैंमा अन्यायपूर्ण र लोककल्याणकारी राज्यका लागि स्वीकार्य हुन नसक्ने विषय भनेको छ । सर्वोच्चले उखुको मूल्य किसानले किन पाउन नसकेको हो भन्ने बारे सरकारसँग लिखित जवाफ माग गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्