प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी

Machchapuchchre

अर्थ राजनीति ~ नेपाल कम्युनिस्ट पार्टी  विभाजन भएसँगै प्रचण्ड-नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको छ । ओली पक्षबाट नेकपा संसदीय दलका नेता बनेका मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड-नेपाल समूहका सांसद शत्रुघन महतोले जानकारी दिएका छन । दलका नेता मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता भइसकेको र आइतबार बैठक बसी उनलाई पदबाट हटाइने महतोले बताए  । कुल ३२ जना सांसदमध्ये १७ जना सांसदले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराइसकिएको सांसद महतोले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्