प्रधानमन्त्री ओलीले अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा शुभकामना सन्देश दिँदै

Machchapuchchre

अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रिय समृद्धिका पाइला आगामी वर्ष थप उचाइमा पुग्ने बताएका छन् । अर्काे नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि बसालेको जग अझ देखिने गरी थप उचाइमा पुग्ने ओलीले भनेका छन ।  ओलीले हामीले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तब्यतर्फ थप गतिशील बनाएका छौं । राष्ट्रिय समृद्धितर्फका हाम्रा पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाइमा पुग्नेछन् भन्ने म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु भनेर भनेका छन् । भौगोलिक अखण्डता र राष्ट्रिय हितहरूको रक्षा एवं राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने अभियानमा सम्पूर्ण पेसा, क्षेत्र, वर्ग र समुदायको साथ पाउने अपेक्षा पनि ओलीले गरेका छन् । आगामी वर्ष राष्ट्रको अवस्था समृद्ध र जनताको जीवन सुखी बनाउने अभियान सार्थक बिन्दुको अझ नजिक पुग्ने बताउँदै उनले राष्ट्रियता पनि अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्