नेपालमा पंक्षी तथा चरामा लाग्ने रोग बर्डफ्लू देखिएको छ

अर्थ राजनीति ~ नेपालमा पंक्षी तथा चरामा लाग्ने रोग बर्डफ्लू देखिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा किसानले पालेका पालेका टर्की र हाँसमा बर्डफ्लू पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । विभागले शनिबार विज्ञप्ति जाारी गर्दै पशुपंक्षीको ओसारपसारमा ध्यान दिन आग्रह गरेको छ । विभागले केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा […]

अयोध्यापुरीमा राम मन्दिर बनाउने काम सुरु भइसक्यो, अर्कोवर्ष ‘प्राणप्रतिष्ठा’ : ओली

अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमिबारे फेरि कुरा उठाएका छन्। शनिबार चितवनमा आयोजित जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (ओली) समूहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले रामको जन्मभूमिमा राम मन्दिर निर्माणको काम शुरु भइसकेको बताएका हुन । ओलीले चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउने काम सुरु भइसकेको जानकारी गराउँदै अर्को वर्ष राम नवमीमा भव्यतापूर्वक प्राणप्रतिष्ठा […]

क्युआर पेमेन्ट युगको शुभारम्भ गर्दै गभर्नर अधिकारी

अर्थ राजनीति ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार कुलेश्वर फलफूल बजारमा डिजिटल कारोबारको शुभारम्भ गर्दै उनले सकेसम्म नोटहरू बजारमा नदेखिऊन् भन्ने  चाहना आफ्नो रहेको बताएका छन् । डिजिटल कारोबारले नगद कारोबारलाई निरुत्साहित गरोस् भन्ने आफूले चाहेको उनको भनाइ थियो । आफ्नो कार्यकालमा धेरै नोट न छापियोस् भन्ने चाहाना  उनको रहेको देखिनछ  साथै गभर्नर […]

सर्लाहीको अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल पक्राउ

अर्थ राजनीति ~  सर्लाहीको धनकौलमान रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई पक्राउ गरी  सर्लाही ल्याइएको  छ ।सञ्चालक अग्रवाललाई प्रहरीले बुधबार साँझ काठमाडौं त्रिपुरेश्वरस्थित आफ्नै घरबाट पक्राउ गरि सर्लाही  पुर्‍याइएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताएका छन् । जिल्ला प्रहरी कार्यालयमा अग्रवालका विरुद्ध ठगीसम्बन्धी कसुरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि जिल्ला ल्याइएको बारे उनले […]

आज शहीद दिवस – शहीदहरुको सम्झना गरिदै

अर्थ राजनीति ~  आज, विभिन्न आन्दोलनमा ज्‍यान गुमाएका ज्ञात अज्ञात शहीदहरुको सम्झनामा कार्यक्रम गरी शहीद दिवस मनाइदै छ ।  प्रधानमन्त्री केपी शर्मा ओली पनि शहीदहरुप्रति सम्मान अर्पण गर्न आज बिहान लैनचौर पुगेका थिए । सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, जनप्रतिनिधि, सरकारका उच्चपदस्थ […]

विदेशबाट आउँदा कोरोना खोप लगाएर आए क्वारेन्टिन बस्न नपर्ने

अर्थ राजनीति ~ विदेशबाट कोरोना भाइरसको खोप लगाएर  नेपाल प्रवेश गरेका यात्रुहरुलाई १० दिन क्वारेन्टिन बस्न नपर्ने नियम ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालका अनुसार मन्त्रालयले उक्त प्रस्ताव सीसीएमसी हुँदै मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ । खोप लगाएकाहरुलाई अनअराइभल भिसा दिने र नेपाल आइसकेपछि क्वारेन्टिन बस्न नपर्ने नियम ल्याउन लागिएको […]

दल दर्ता प्रक्रियाको लागि निर्वाचन आयोगलाई आग्रह

अर्थ राजनीति ~ नेकपा ओली समूहका नेताहरुले  आगामी चुनाबका लागि दल दर्ता प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई सामु  आग्रह गरेको छ । आयोगले दल दर्ता र निर्वाचनको तयारीका क्रममा हालसम्म भएका कामबारे छलफल गर्न नेकपाको दुवै समूहलाई हिजो आयोगमा बोलाएको थियो  तर प्रचण्ड–माधव समूहका नेताहरुले अध्यक्षद्धय राजनीतिक कार्यक्रमका लागि बाहिर भएकाले माघ १८ गतेपछि मात्र […]

नेशनल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब ३९ करोड नाघ्यो

अर्थ राजनीति ~ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो कार्यकालको  ३२ औं बार्षिक साधारणसभा सम्पन्न गरि शेयर धनीलाई  १० प्रतिशत बोनस सेयर पारित गरेको छ। उक्त सभाले कर प्रयोजनका लागि एक करोड ६२ लाख २४ हजार रुपैयाँ बराबरको नगद लाभांश समेत पारित गरेको जनाएको छ । साधारणसभा, सञ्चालक समिति अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा भएको र उनले […]

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई बोलायो

आर्थ राजनीति ~  निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका नेताहरु  केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचनसम्बन्धी छलफलका लागि भनेर अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई बोलाएको छ । शुक्रबार विहान साढे ११ बजे छलफलका लागि  आयोगले बोलाएको छ भन्ने खबर आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले  दिएका छन् । आयोगले […]

ट्रान्सपरेन्सी इन्टरनेशनल- नेपालमा भ्रष्टाचार झन् बढ्दो रुपमा

अर्थ राजनीति  ~  सन् १९९५ देखि प्रत्येक वर्ष भ्रष्टाचार सूचकांक सार्वजनिक गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेशनले  नेपालमा झन् भ्रष्टाचार बढेको जनाएको छ । १८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणाका आधारमा तयार पारिएको सूचीमा नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा ११७ औं स्थानमा रहेको समेत जनाएको छ । गत वर्ष यस सूचीमा नेपालको ११३ औं स्थान थियो […]