पशुपतिनाथ मन्दिर आजबाट बन्द

अर्थ राजनीति  ~  संक्रमणको जोखिमका कारण पशुपतिनाथ मन्दिर शुक्रबारबाट बन्द गरिएको छ । पशुपति क्षेत्र विकास कोषले शुक्रबारबाट दर्शनार्थीलाई रोक लगाउने र नित्य पूजामात्रै गर्ने निर्णय गरेको हो । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलन कुमार थापाले पशुपतिनाथ, गुह्येश्वरी लगायतका मन्दिरहरुमा निश्चितकालका लागि नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी रोक लगाइएको बताए । […]

अझै पनि लचिलो छु, पार्टी खोस्न कोही आएको हो भने सम्भव छैन- प्रधानमन्त्री ओली

अर्थ राजनीति  ~  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको एकता जोगाउन आफू अझै पनि लचिलो रुपमा प्रस्तुत भइरहेको बताएका छन् । तर, कोही पार्टी खोस्न आएको हो भने सम्भव नहुने उनले चेतावनी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउन […]

नेपाल बैंकले ८.५ प्रतिशत ब्याजदरको ऋणपत्र बिक्री गर्दै

अर्थ राजनीति   ~  नेपाल बैंक लिमिटेडले वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदरको ऋणपत्र बैशाख २२ गतेदेखि सार्वजनिक निष्कासन गर्ने भएको छ। बैंकले ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ नामको १० अवधिको ऋणपत्र विक्री गर्न लागेको हो। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको […]

कम्युनिष्ट आन्दोलन भित्र प्रतिक्रियावाद घुस्योः दाहाल

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलन भित्र प्रतिक्रियावाद घुसेको बताउनुभएको छ । लेनिन दिवसको अवसरमा हिजो पार्टी कार्यालय पेसिरडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेपाली कम्युनिष्ट आन्दोलनमा प्रतिक्रियावादी शक्ति घुसेको बताउनु भएको हो । कम्युनिष्टहरुको एकतालाई नरुचाउने शक्तिले प्रतिगामी सोच भएकाहरुलाई साथ लिएर टुक्राउन खोजेको उहाँको आरोप थियो । कम्युनिष्ट […]

कोरोना नियन्त्रण बाहिर जादै : लकडाउन गर्न चिकित्सकको सुझाव

अर्थ राजनीति  ~  काठमाडौँ उपत्यकाका मुख्य अस्पतालहरुमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएका आइसियू र शय्या भरिएका छन्। शय्या भरिएपछि अस्पतालहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका छन् ।दोस्रो लहरको कोरोना संक्रमणपछि पनि मानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको, भीडभाड हुने कार्यक्रम जारी राखेकाले संक्रमण तीव्र रुपमा फैलिरहेको उनीहरुले औँल्याएका छन् । सरकारले […]

बालुवाटारमा एमाले बैठक शुरू

अर्थ राजनीति  ~  नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण पत्रबारे निर्णय गर्ने तयारी छ । गएको ६ वैशाखको बैठकबाट निर्णय गराएर अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल सहित २७ संघीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए। यस […]

आज घट्यो सुनको भाउ, कति पुग्यो ?

अर्थ राजनीति  ~  आज सुन प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको छ । बुधबार प्रति तोला ९२ हजार रुपैयाँ र बिहिबार थप २०० रुपैयाँ वृद्धि भएको सुनको मूल्य शुक्रबार भने घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापा वाला सुन प्रति तोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ भने, तेजाबी […]

एनआईबीएल–हिमालयन मर्जरः अर्को हप्ता हस्ताक्षर हुने सम्भावना

अर्थ राजनीति  ~  नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन  बैंकबिच हुने भनिएको चर्चित मर्जर प्रक्रिया तीव्र गतिमा अघि बढेको छ। शुक्रवार बस्ने यी दुई बैंकको मर्जर कमिटीको बैठकले सबै कुरा टुङ्ग्याएर अर्को हप्ता सम्झौतामा हस्ताक्षर गर्ने योजना सहित काम भइरहेको हो। नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले जानकारी दिए अनुसार अब धेरै ठुला विषयहरू बाँकी छैनन्। […]

स्वास्थ्य मापदण्ड पालना गर्न सबै संग प्रशासनको आग्रह

अर्थ राजनीति  ~  जिल्ला प्रशासन कार्यालयले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गरी कोरोनाका कहरका कारण मापदण्ड पालना गर्न सबैमा अनुरोध गरेको हो । मन्त्रिपरिषद्को निर्णयबमोजिम भरतपुर महानगरपालिकाभित्र रहेका शैक्षिक संस्था विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र यही वैशाख मसान्तसम्म भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका […]

केपी ओलीको थप ‘चार्ज’ मा परे माधव नेपाल

अर्थ राजनीति   ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई स्पष्टीकरण सोधेका छन् । पत्रमा अरु नेताहरुलाई भन्दा माधव नेपालमाथि थप ‘चार्ज’ लगाइएको छ ।  अध्यक्ष ओलीले संघ र प्रदेशका गरी ३२ जनालाई मंगलबार छुट्टाछुट्टै पत्र पठाउँदै स्पष्टीकरण सोधेका हुन् । ओलीले वरिष्ठ नेता नेपाललाई सोधेको स्पष्टीकरणमा […]