पूर्वराजा रानीको स्वास्थ्यमा सुधार

Machchapuchchre

अर्थ राजनीति  ~  पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ । नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि केही दिनदेखि सघन उपचार कक्ष (आइसीयू) बाट शय्यामा सारेर उपचार भइरहेको छ ।अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्वरानीको स्वास्थ्यमा सुधार आएपछि अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको जानकारी दिए । उनका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्रानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणा शाह कोरोना संक्रमणमुक्त भएका छन् । उनीहरू तीनै जनाको पीसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको हो । उनीहरू कोरोना संक्रमित भएपछि अस्पताल भर्ना भएका थिए । अस्पतालले पूर्वरानीको प्लाज्माथेरापी विधिबाट उपचार थालिएको थियो । यस्तै, संक्रमणमुक्त भएपछि पूर्वराजा शाहलाई  अक्सिजन दिन छाडिएको अस्पतालले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्