जेष्ठ १३ गतेसम्म सम्पूर्ण बीमा कम्पनीहरु बन्द रहने

Machchapuchchre

अर्थ राजनीति  ~  उपत्यकामा बढ्दो कोभिड संक्रमणपछि उपत्यकाका सबै बीमा कम्पनीहरु जेष्ठ १३ गतेसम्म बन्द हुने भएका छन् । काठमाडौं ललितपुर र भक्तपुर जिल्ला प्रमुख अधिकारीहरुले बीमा कम्पनीहरु बन्द गर्ने निर्णय गरेका हुन् । केही शखा र सिमित कर्मचारीबाट बीमा कम्पनीहरु संचालन हुँदै आएका थिए । बैठकले अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, संस्थान, बीमा लगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगन गर्ने निर्णय गरेको छ । बैंक वित्त भने न्युनतम कर्मचारी मात्र उपस्थित भई सञ्चालन गर्ने निर्णय भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्