ऋण तिर्न नसक्दा कालो सूचीमा पर्नेहरु ह्वात्तै बढे

Machchapuchchre

अर्थ राजनीति  ~  बैंकबाट ऋण लिएर काम गर्ने वा धितो राखेर ऋण लिनेहरु समस्यामा पर्दै गएको तथ्याकंले देखाएको छ । कर्जा सूचना केन्द्रले उपलव्ध गराएको तथ्याकंका अनुसार लिलामीको सूचिमा पर्ने ऋणीहरुको संख्या ह्वात्तै बढेको छ । ऋणीहरु कालो सूचिमा पर्नु लिलामीको प्रकृया सुरु हुनु हो । कर्जा तिर्न नसकेपछि कालोसूचिमा परेकाहरुलाई कोभिडको दोस्रो चरणको लहरले थप समस्या सृजना गर्ने देखिन्छ । बन्दाबन्दीका कारण उनीहरु तत्काल ऋण भुक्तानी गर्न सक्ने अबस्थामा देखिदैनन् । यस्तो अबस्थामा कालो सूचिमा परेकाहरुलाई बैंक तथा वित्तीय संस्थाले प्रकृयाका आधारबाट धितो लिलामी गर्न सक्छ । नयाँ बजेट र नयाँ मौद्रिक नीतिले कस्तो राहतको प्याकेज ल्याउँछ त्यसमा निर्भर रहने छ । अहिले कोभिडको दोस्रो चरणका कारण स्वास्थ्य नै प्रमुख कुरा बनेको छ । तर ऋण बोक्ने र व्यबसाय गर्न नपाउनेहरु भने कोभिड भन्दा पनि बन्दाबन्दीको समस्यालई ठुलो समस्याका रुपमा लिन्छन् । पछिल्लो समय घरजग्गा धितो राख्नेको संख्या बढेको पाइएको छ । कोरोना भाइरसको महामारीकै बीचमा पनि यसवर्ष घरजग्गा कारोबार बढेको हो । भूमी व्यवस्थापन विभागका अनुसार पुस महिनादेखि चैत महिना अर्थात् चार महिनाको अवधिमा घरजग्गाको कारोबार बढेको छ । एक पटक मात्रै पनि किस्ता तिर्न नसक्दा कालोसचीमा पर्ने अवस्था रहेकाले एक वर्ष एक महिना (१३ महिना) को अवधिमा ५ हजार बढी ऋणीहरु कालोसूचीमा परेका हुन् । कर्जा तिर्न नसकेपछि कालोसूचिमा परेकाहरुलाई कोभिडको दोस्रो चरणको लहरले थप समस्या सृजना गर्ने देखिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्