कोरोना संक्रमणबाट पूर्व बैंकर श्रेष्ठको निधन

Machchapuchchre

अर्थ राजनीति  ~  कोरोना संक्रमणबाट बैंकर निरज श्रेष्ठको निधन भएको छ । कोरोना संक्रमणपछि नेपाल प्रहरी अस्पतामा केहि दिन भनाई भएका श्रेष्ठको बुधबार विहान निधन भएको हो । कोरोनाले एकदमै गाह्रो भएपछि श्रेष्ठलाई हिजामात्रै भेण्टिलेटरमा राखेर उपचार शुरु गरिएको उनको पारिवारिक श्रोतले बताएको छ । उनको बुवाको पनि मंगलबारमात्रै निधन भएको थियो । श्रेष्ठका श्रीमती र एक छोरी छन् । हाल दिल्लीमा रहेका श्रीमती र छोरी निधनको खबर लगत्तै आजै काठमाडौं आइपुग्ने बताइएको छ । बैंकिङ क्षेत्रका एक अनुभवी बैंकरको रुपमा चिनिने श्रेष्ठले तत्कालीन ग्रिनलेज बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका थिए । उनले १३ वर्ष ग्रीनलेजमै बिताए । एनआईसी एसिया बैंकको महाप्रबन्धक छोडेर ग्लोबल आईएमइ गएका उनी ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतसमेत भएका उनी सनराइज बैंकको पनि प्रमुख कार्यकारी अधिकृत नियुक्त भएक थिए । तर सञ्चालक समितिमा बिवाद भएको भन्दै उनले कार्यभार नियुक्ति नलिने घोषणा गरेका थिए । इमान्दार र कुशल बैंकरको छवी बनाएका श्रेष्ठको निधनले बैंकिङ क्षेत्रलाई ठूलो क्षति पुगेको बैंकरहरुले बताएका छन् । बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकिङ क्षेत्रले एउटा अव्वल बैंकर गुमाएको बताए । ‘वहाँ रियलमा मृदुभाषी एकदमै प्रोफेशनल बैंकर हो’ अध्यक्ष दाहाले भने, ‘कसैलाई नबिझाउने, आफ्नो काममा ध्यान दिने स्वभावको हुनुहुन्थ्यो, वहाँको निधनले वास्तवमै बैंकिङ क्षेत्रलाई ठूलो क्षति पुर्याएको छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्