नबिल बैंकद्वारा “नबिल दिगो बैंकिङ्ग” घोषणा

अर्थ राजनीति  ~  नबिल बैंकले “नबिल दिगो बैंकिङ” स्थापनाको घोषणा गरेको छ । बैंकले मंगलबार एक भर्चअल कार्यक्रममार्फत सो घोषणा गरेको हो । नबिल दिगो बैंकिङको माध्यमबाट बैंकले अहिलेसम्म बैंकिङ नगरेकाहरूलाई वित्तीय पहुच प्रदान गर्दै देशको सबैभन्दा दुर्गम स्थानहरूमा उद्यमशिलतालाई प्रवद्र्धन गर्ने उद्देश्यअनुसार नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरिएको हो । संयुक्त राष्ट्र संघको दिगो […]

जसपाको ठाकुर–महतो समूहको बैठक आज बस्दै

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको कार्यकारिणी समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगसँग जोडिएको पार्टीको विवाद र समूहभित्रको असन्तुष्टिका सम्बन्धमा छलफल हुने जनाइएको छ । जसपाको वैधानिकताको विवाद अहिले निर्वाचन आयोगमा छ । जसको दबाब ठाकुर–महतो पक्षलाई बढी नै देखिन्छ । आफ्नै समुहका नेताहरुबिच […]

जेठ २ मा फर्कंदा ओलीकै बहुमत, माधव नेपाल अल्पमतमा

अर्थ राजनीति  ~  नेकपा एमालेको संस्थापन पक्षले जेठ २ अघिको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको ओली समूहको स्थायी कमिटी बैठकले ०७५ जेठ २ पूर्वको संरचनामा फर्कने निर्णय गरेको हो । आज (बुधबार) बालुवाटारमै बस्ने महाधिवेशन आयोजक समितिको बैठकले यसबारे ठोस निर्णय गर्ने नेताहरुले संकेत गरेका छन् । यससँगै महाधिवशेन […]

राष्ट्र बैंकले सहजीकरण नगर्ने हो भने मर्ज गर्नुको कुनै अर्थ नै हुँदैन : पवन गोल्यान

अर्थ राजनीति  ~   नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी अन्तिम अवस्थामा पुर्याईरहेका बेला बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित धेरै खालका चर्चा, परिचर्चा भइरहेका छन्। वाणिज्य बैंकको सङ्ख्या कम गर्न बाध्यकारी (फोर्स) मर्जरको विषय देखि चुक्ता पुँजी वृद्धि सम्मका हल्ला चलिरहेका छन्। उता विकास बैंक, फाइनान्स कम्पनी देखी सहकारी सम्मका […]

संवैधानिक इजलासमा प्रधानमन्त्रीका वकिललाई बहस गर्न ७ घण्टा समय

अर्थ राजनीति  ~  संवैधानिक इजलासमा बुधवार पनि सरकारी वकिलको बहस जारी हुनेछ । सरकारी वकिलले ५५ मिनेट बहस गरेपछि प्रधानमन्त्रीका कानुन व्यवसायीको बहस शुरु हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बरिष्ठ अधिवक्ता सुशील पन्तले बुधवार बहस शुरु गर्ने बताइएको छ । पन्तपछि पूर्व महान्यायाधिवक्ता अग्नि खरेल र बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बहस गर्नेछन् […]

प्रतिनिधिसभा विघटनसम्बन्धीको रिटमा आज पनि सुनुवाइ

अर्थ राजनीति  ~  प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिट निवेदनमाथि आज पनि सरकारी वकिलहरुले बहस गर्दैछन् । उनीहरुका लागि चार घण्टा २० मिनेट समय दिइएको छ । सरकारको तर्फएबाट आज नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले बहस गर्ने सर्वोच्च अदालतले जनाएको छ । पाण्डेयका लागि दुई घण्टाको समय छुट्याइएको छ । हिजोदेखि सुरु भएको सरकार पक्षको बहसमा महान्यायाधिवक्ता रमेश […]

विमलेन्द्र, शशांक र प्रकाशमानबीच आज फेरी मिटिङ हुदै

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच मंगलबार फेरि मिटिङ हुने भएको छ । सिंह निवास चाक्सीबारीमा दिउँसो लञ्चसहित छलफल हुन लागेको महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेतात्रय निधि, कोइराला र सिंहबीच लञ्च मिटिङले निरन्तरता पाएको हो । उपसभापति […]

बिजुली उत्पादन हुने भएपछि माथिल्लो तामाकोशीको शेयरमा आकर्षण

अर्थ राजनीति  ~  बिजुली उत्पादनको मिति सार्वजनिक गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । आयोजनाले यही असार मसान्तमा दुई वटा युनिटबाट १५२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध गराउने घोषणा गरेको छ । सोही कारण पनि लगानीकर्ताको चासोमा सो कम्पनीको शेयर परेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज मात्रै सो […]

नेपाल बैंकले क्रेडिट कार्ड सेवा संचालनमा ल्यायो

अर्थ राजनीति  ~  नेपाल बैंकले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ। क्रेडिट कार्ड सेवाको न्यूनतम सीमा २० हजारदेखि अधिकतम सीमा ५ लाख रुपैयाँसम्म कायम गरिएको छ। भिसा इन्टरनेसनलसँगको आवद्धतामा सञ्चालनमा ल्याइएको क्रेडिट कार्ड सेवाको प्रयोग पोस, एटिएम टर्मिनल तथा अनलाइन प्रणालीमार्फत विभिन्न वस्तु तथा सेवा भुक्तानीमा प्रयोग गर्न सकिनेछ। स्वीकृत कर्जा लिमिटको १० प्रतिशतसम्म यस […]

सरकारले साउनबाट इम्बोस्ड नम्बर अनिवार्य गर्दै

अर्थ राजनीति  ~  सरकारले आगामी साउनदेखि सरकारी तथा निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । साउनदेखि दर्ता हुने नयाँ सवारीसाधन र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले सवारीसाधनको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यसहित आगामी साउनदेखि नयाँ सवारीसाधन र नवीकरण […]