टेलिकममा आन्दोलन चौथो दिन पनि कायमै

Machchapuchchre

अर्थ राजनीति   ~  ४ दिनदेखि नेपाल टेलिकमका कर्मचारीहरु आन्दोलित छन् । नेपाल टेलिकमको सञ्चालक समितिले पारित गरेको कर्मचारी विनियमावलीप्रति असन्तुष्ट कर्मचारी युनियनहरुले कम्पनीको आम्दानी खस्किएको र ठूला परियोजनामा भएका लगानीले प्रतिफल दिन नसकेको लगायतका मुद्दा पनि उठाएका छन् । मंगलबार साँझ धर्नामा बसेका कर्मचारीले रातभर प्रवन्ध निर्देशक (एमडी) डिल्लीराम अधिकारीलाई कार्यकक्षमै थुनेका थिए । बुधबार विहान घर फर्किएका अधिकारीलाई कर्मचारीले आफूहरुको मुद्दा सबोधन गर्ने वातावरण बनाएर मात्रै कार्यालयमा फर्किन चेतावनी दिएका थिए । त्यसपछि अधिकारी कार्यलयमा हाजिर भएका छैनन् । नेपाल दूसरसञ्चार राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकम वकर्स युनियन, नेपाल टेलिकम कर्मचारी युनियन संयुक्त रुपमा टेलिकम व्यवस्थापनविरुद्ध आन्दोलित छ । दूरसञ्चार सेवा अत्यावश्वक सेवा भएकाले बन्द हड्ताल गर्न निषेध छ । तर, भद्रकालीस्थित टेलिकमको केनद्रीय कार्यालयमै धर्ना बसेर कर्मचारीहरु आन्दोलन गरिरहेका छन् । व्यवस्थापनले वार्तामार्फत नै समस्या समाधान गर्ने आश्वासन दिएपनि कर्मचारीहरुले नयाँ कर्मचारी विनियमावलीमा भएका अन्यायपूर्ण र अवैज्ञानिक व्यवस्थाहरु सच्याउनुपर्ने भन्दै कार्यालयमा धर्ना दिइरहेका छन् । टेलिकम प्रवन्ध निर्देशक अधिकारी ट्रेड यनियनहरुले पूर्व जानकारी र अल्टिमेटम नदिई आन्दोलन गर्दा कार्यालयको दैनिक कामकाज र सेवाप्रवाह प्रभावित हुने अवस्था आएको बताउँछन् ।

कर्मचारीहरु भने कम्पनी व्यवस्थापनले वृत्ति विकास नै रोक्ने गरी विनियमावली ल्याएको र त्यससलाई संशोधनका लागि लोकसेवा आयोगमा परामर्शका लागि पठाउने सहमतिअनुसार काम भएकाले आन्दोलन गरिएको बताउँछन् । नेपाल दूसरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादवप्रसाद पनेरु कम्पनीभित्र कार्यरत कर्मचारीले भविष्यमा हुने विज्ञापनमा भाग समेत लिन नसक्ने गरी विनियमावली आएको बताउँछन् । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष पनेरु भने आफूहरु कर्मचारीको मात्रै सवाल लिएर आन्दोलनमा नआएको बताउँछन् ।‘कम्पनीले २० अर्ब लगानी गरेको फोरजीले भनेअनुसार सेवा र राजस्व दिन सकिरहेको छैन, एफटीटीएचमा गरेको लगानीअनुसार प्रतिफल र ग्राहक छैनन्,’ उनले भने,’हिजो केही करोड नाफा घटेको भनेर प्रवन्ध निर्देशक हटाएर ल्याइएको नयाँ नेतृत्वको पालामा १७ अर्बको नाफा ९ अर्बमा खुम्चिने अवस्था आएको छ, प्रवन्ध निर्देशकको कार्यम्पादनको सवाल पनि हामीले उठाएका हौं ।’ कम्पनीको बोर्डले स्वायत्त रुपमा काम गर्न नपाएको र व्यवस्थापन पनि स्वेच्छाचारी ढंगले चल्ने अवस्था देखिएकाले कम्पनी बचाउनै निम्ति आन्न्दोलन गर्नुपरेको पनेरुको तर्क छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्