ह्याकरको कल: ‘योर सिस्टम ह्याज बिन ह्याक्ड’, बैंकिङमा आतङ्क

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका प्रबक्ता देवकुमार ढकाललाई बिहीबार बिहान  ७ बजेतिर एउटा अन्तर्राष्ट्रिय कल आयो। उताबाट अंग्रेजीमा ५ वटा शब्द भनेर फोन काटियो।’योर सिस्टम ह्याज बिन ह्याक्ड’ भनेर फोन काटियो। अघिल्लो दिन नै ह्याकरले पठाएको पत्र भन्दै बैंकिङ क्षेत्रमा ‘भाइरल’ भइसकेको थियो। त्यही भएर ढकालले हतारहतार आफ्नो आइटी (सूचना प्रविधि) विभागलाई फोन कलका बारेमा जानकारी गराए। अहिले बैंकिङ क्षेत्रमा ह्याकरको पत्र भन्दै आतङ्क फैलिएको छ। पत्रमा नेपाल राष्ट्र बैंकसहित १६ वटा बैंकको प्रणाली ह्याक गरेर पैसा चोर्ने धम्कि दिइएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, पत्र रुसको डोमेन प्रयोग गरेर पठाइएको छ।पत्रमा बैंकिङ प्रणाली ह्याक गरेर पैसा चोर्ने कुरालाई ‘मजाक’ को रुपमा नलिन भनिएको छ। पत्रमा तीन जनाको इमेल देखिन्छ। त्यसमध्ये दुई ढकाल र राष्ट्र बैंककै सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलको इमेल उल्लेख छ। अर्को अनिल शाहको इमेल छ। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका शाहको इमेल एड्रेस गलत छ।  ढकाल र पोखरेलको सही भए पनि अहिलेसम्म इमेलमा पत्र आइसकेको छैन।”सबैलाई सचेत हुन भनिएको छ’ ढकालले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं।’ पत्र भाइरल भएपछि नाम उल्लेख भएका बैंकहरुले रातभरी नै कर्मचारी राखेर प्रणाली निगरानी गरिरहेका थिए। अहिले पनि प्रणाली पुरै निगरानीमा रहेको बैंकरहरुले बताए। ह्याकरले पठाएको भनिएको पत्रमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स इन्टरनेशनल बैंक, सानिमा बैंक, नेपाल एसबीआइ, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको नाम उल्लेख छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्