अर्थ राजनीति ~ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहित २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् । आजै जवाफ पठाइने एक नेताले बताए । ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा २२ सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए । उनीहरुलाई पार्टीले स्पष्टीकरण सोधेको छ, जसमा विपक्षी गठबन्धनसँग साठगाँठ गरेको आरोप लगाइएपनि फ्लोर क्रसबारे केही बोलिएको छैन ।
नेपाल खेमाका फ्लोर क्रस गर्ने २२ सांसदले आज जवाफ दिने
