वाणिज्य, आपूिर्त तथा उपभोक्ता संरक्षण कार्यालयद्वारा ५२ व्यावसायिक फर्ममाथि कारवाही

अर्थ राजनीति  ~  नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने, बढी मूल्य लिने, र उपभोग्य मिति समाप्त भएर पनि  विक्री वितरण गर्दैआएका ५२ व्यावसायिक फर्म कारबाहीमा परेका छन् ।  वाणिज्य, आपूिर्त तथा उपभोक्ता संरक्षण कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७७/७८ मा २०२ व्यावसायिक फर्ममा अनुगमन गरिएकामा सो सङ्ख्याका फर्ममा कारवाही गरिएको जानकारी दिइयो । तीमध्ये विराटनगरस्थित […]

गठबन्धन सरकारबाट जनतामा धेरै आशा छैनः नेता थापा

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले गठबन्धनबाट बनेको नयाँ सरकारबाट जनताले धेरै आशा र भरोसा नगरेको दावी गरेका छन् । शान्ति, स्थिरता र समृद्धिको जनताको आशा विपरित धर्म परिवर्तन, विदेशी चलखेल र भ्रष्टाचार व्याप्त भएको भन्दै थापाले जनतामा निराशा र आक्रोश बढेको तर्क गरे । बुधबार राप्रपा मकवानपुरद्वारा हेटौंडामा आयोजित अगुवा […]

कोरोना संक्रमणको तेस्रो लहरको डर : प्रधानमन्त्री देउवा

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिने चर्चाले डर बढाएको बताएका छन् । कोरोनाका पुराना असरबाट उठ्ने प्रयत्न गरिरहेको बेला नयाँ भेरियन्टसहितको तेस्रो लहर आउने सक्ने विषयले सर्वसाधारणमा डर बढेको उनको भनाइ छ । नेपाल उद्योग परिसंघको १८ औ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘हामी अहिले कोभिडका […]

शेरबहादुर देउवा सरकार र प्रचण्डको धारणा

अर्थ रजनीति  ~  पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डले सरकार सञ्चालन र सत्तारूढ दलहरूबीच समन्वयन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न प्रस्ताव गरेका छन्। सरकारलाई नीतिगत सहयोगहरू गर्न र गठबन्धनमा रहेका सबै दलहरूलाई विश्वासमा लिनका लागि त्यस्तो संयन्त्र बनाउनुपर्ने धारणा प्रचण्डले राखेको नेकपा माओवादी केन्द्रका एक नेताले बताए। मङ्गलवार प्रधानमन्त्री देउवा र […]

सुनको मूल्य घट्यो, यस्तो छ आजको भाउ

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९३ हजार २ सयमा कारोबार भएकोमा आज तोलाामा सात सयले घटेको हो । मंगलबार सुनको मूल्य तोलामा चार सयले बढेको थियो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रहेको छ भने […]

सनराइज बैंकद्वारा कार्डलेस भुक्तानी सुविधा सुरु

अर्थ राजनीति  ~  सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सक्नेछन् । यस सेवा अन्र्तगत ग्राहकहरुले मोबाइल बैंकिङ्ग प्रयोग गरी कार्डलेस विदड्र अप्सनमा गई आफूले भुक्तानी गर्न […]

प्रधानमन्त्रीद्वारा स्वास्थ्यका मापदण्ड अपनाउँदै इद मनाउन आग्रह

अर्थ राजनीति  ~  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गरेका छन्। उनले शुभकामना सन्देशमार्फत संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना गरेका हुन्। कोभिड-१९ […]

आव २०७७/०७८ मा बैंकको कर्जा वृद्धि दोब्बर , ८ खर्ब १८ अर्ब

अर्थ राजनीति  ~  कोरोनाको महामारीका कारण आर्थिक गतिविधि सुस्ताए पनि बैंकहरुको लगानी भने दोब्बरले वृद्धि भएको छ । नेपाल बैंकर्स संघका अनुसार गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको कर्जा दोब्बरले वृद्धि भएको छ । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७६-०७७ मा ४ खर्ब ५ अर्ब कर्जा लगानी गरेकोमा आव २०७७-०७८ मा ८ खर्ब १८ अर्ब कर्जा वृद्धि […]

बैंक तथा वित्तीय संस्थासँग मिलेर काम गर्छौँ : अर्थमन्त्री शर्मा

अर्थ राजनीति  ~  उद्यमशीलताको विकास, उत्पादन तथा रोजगार प्रवद्र्धनमा बैंक तथा वित्तीय संस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले यस क्षेत्रको माग सम्बोधन गर्ने बताउनुभएको छ । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपालको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा अर्थमन्त्रीले परिसङ्घका तर्फबाट प्रस्तुत गरेका रायसुझाव समय सान्दर्भिक एवं सकारात्मक रहेको भन्दै विस्तृत अध्ययन तथा […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्न बैठक बोलाइएको हो । बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए । बैठकमा पार्टीको आन्तरिक जीवन र सरकारमा जाने मन्त्रीहरुको बारेमा छलफल हुने शाहले बताए । शेरबहादुर देउवा नेतृत्वको […]