कञ्चनपुरमा प्रहरी र शिक्षकबीच झडप, प्रहरीसहित १७ जना घाइते

अर्थ राजनीति  ~ कञ्चनपुरको भीमदत्त नगरपालिकामा  प्रहरी र शिक्षकबीच शुक्रबार झडप भएको छ । दरबन्दी मिलानको विषयलाई लिएर शिक्षकहरुले भीमदत्त नगरपालिकामा लगाएको ताला प्रहरीले खोलेपछि झडप भएको हो । झडपमा परी प्रहरीसहित १७ जना घाइते भएका छन् । घाइते हुनेमा ९ जना प्रहरी, ६ जना शिक्षक र २ जना नगरपालिकाका कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय […]

धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सिईओलाई छानविन गरि कारवाही गर्न निर्देशन

अर्थ राजनीति  ~  नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सिईओ चन्द्रसिंह साउदलाई अर्थ समितिले छानविन गरि कारवाही गर्न निर्देशन दिएको छ । शुक्रबार बसेको अर्थ समितिको बैठले अध्यक्ष ढुंगाना र सिईओ साउदलाई छानविन गरि कारवाही गर्न निर्देशन दिएको हो । बुक बिलिडङ विधिबाट शेयर निष्काशनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर अध्यक्ष […]

नेपालले नयाँ पार्टी दर्ता गरे अब मन्त्रिपरिषद् विस्तारलाई बाटो खुल्यो

अर्थ राजनीति  ~ माधवकुमार नेपालले गठन गरेको नयाँ पार्टीको सनाखत हुने बित्तिकै मन्त्रिपरिषद् बिस्तार हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल नेतृत्वको नयाँ पार्टी दर्ता हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिएका हुन् । बिहीवार समाजवादी केन्द्र, नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले नेता नेपालले दर्ता गरेको नयाँ पार्टीको […]

तोलाको चार सयले बढ्यो सुनको मूल्य

अर्थ राजनीति  ~   नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार सात सय रहेको छ […]

प्रदेश २मा ओली पक्षभन्दा नेपाल पक्ष बलियो

अर्थ राजनीति  ~  प्रदेश २ मा एमाले विभाजनपछि नेपाल पक्ष बलियो देखिएको छ । प्रदेश २ मा नेकपा एमालेभन्दा एमाले समाजवादी बलियो रहेको देखिएको छ ।  १ सय ७ सदस्यीय रहेको प्रदेश नम्बर २ को प्रदेशसभामा अहिले १ सय ४ जना सदस्य छ । नेकपा विभाजित हुँदा ३ जना प्रदेशसभा सदस्य एमालेमा लागेपछि माओवादी केन्द्रले […]

भोलिदेखि लगातार तीन दिन सार्वजनिक बिदा

अर्थ राजनीति  ~  भोलिदेखि लगातार तीन दिन सार्वजनिक बिदा हुने भएको छ । भोलि (शनिबार), आइतबार रक्षाबन्धन र सोमबार गाइजात्रा भएकाले भोलिबाट तीन दिन सार्वजनिक बिदा हुने भएको हो । सरकारले गाइजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्रै बिदा दिने भएतापनि यस वर्ष देशभर बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले गाइजात्राको अवसरमा देशभर […]

भावी रणनीति बनाउँदै नेकपा एमालेको ‘तेस्रो धार’

अर्थ राजनीति  ~  पार्टी विभाजनमा कतै पनि नलागेका नेकपा एमालेको तेस्रो धारका नेताहरू भावी रणनीति बनाउन जुटेका छन् । त्यसका लागि उनीहरूले आज शुक्रबार काठमाडौँमा उपलब्ध नेताहरुबीच बैठकको आयोजना गरेका छन् । छलफलमा पहिला माधव नेपाल पक्षमा लागेका तर पार्टी विभाजनपछि कतै पनि नलागेका स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरू सहभागी हुन लागेको नेता सुरेन्द्र […]

” निजी क्षेत्रलाई विश्वासमा नलिई आर्थिक समृद्धि असम्भव ” : उद्यमी शेखर गोल्छा

अर्थ राजनीति  ~  उद्यमी शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघ नेतृत्वमा पुगेको करिब आठ महिना भएको छ । कार्यकारिणी समिति सदस्य, एसोसिएट उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुँदै महासंघ नेतृत्वमा पुगेका गोल्छा आफ्नो व्यवसायमा जस्तै महासंघ राजनीतिमा पनि अनुभवी र परिपक्व मानिन्छन् । महासंघमा आफ्नो पारिवारिक अग्रजहरूको योगदान रहेको उल्लेख गर्दै नेतृत्वका लागि दृढता देखाएका गोल्छा […]

एमाले सांसद सभामुखको कार्यकक्ष घेराउ गर्दै

अर्थ राजनीति  ~  नेकपा एमालेका सांसदहरु सभामुख कार्यालयमा पुगेका छन् । पार्टीले कारवाही गरेका सांसदहरुलाई कारवाही गरिएको सूचना टाँस गर्न ढिलाइ गरेको भन्दै सांसदहरु सभामुखको कार्यकक्ष घेराउ गर्न पुगेका हुन् । कार्यालय समय शुरु हुनासाथ सांसदहरु सभामुख अग्नि प्रसाद सापकोटाको कार्यकक्षमा पुगेका हुन् । सचेतक शान्ता चौधरीसहित खगराज अधिकारी, गोकुल बास्कोटा, कृष्णभक्त पोखरेल, राजेन्द्र गौतम, लालबाबु […]

कम्युनिष्टहरुको एकता अहिलको आवश्यकता : अध्यक्ष प्रचण्ड

अर्थ राजनीति  ~  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इमान्दार कम्युनिष्टको एकता अहिलको आवश्यकता भएको बताएका छन् । शहीद रामवृक्ष यादवको २७औँ स्मृति दिवसका अवसरमा आज माओवादी केन्द्रको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भर्खरै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले पार्टी पुुुनर्निर्माण गर्ने सङ्कल्प गरेको बताए ।माओवादी शान्ति सम्झौता प्रक्रियामा आएपछि क्रान्तिकारी […]