प्रदेश २मा ओली पक्षभन्दा नेपाल पक्ष बलियो

Machchapuchchre

अर्थ राजनीति  ~  प्रदेश २ मा एमाले विभाजनपछि नेपाल पक्ष बलियो देखिएको छ । प्रदेश २ मा नेकपा एमालेभन्दा एमाले समाजवादी बलियो रहेको देखिएको छ ।  १ सय ७ सदस्यीय रहेको प्रदेश नम्बर २ को प्रदेशसभामा अहिले १ सय ४ जना सदस्य छ । नेकपा विभाजित हुँदा ३ जना प्रदेशसभा सदस्य एमालेमा लागेपछि माओवादी केन्द्रले उनीहरूलाई कारबाही गरेको थियो । यसमध्ये एमालेका २१ जना प्रदेशसभा सदस्य छन् । यसमध्ये नेपाल पक्षमा १३ जना प्रदेशसभा सदस्य छन् भने ओलीको पक्षमा ८ जना प्रदेशसभा सदस्य रहेका छन् । नेपाल पक्षमा संसदीय दलका नेता महतोसहित सुन्दरबहादुर विश्वकर्मा, रबीन्द्र बैठा, गोबिन्द बहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोद कुमार यादव, हसिमा खातुन, बेचु लुंगेली, मदनसेन प्रसाद श्रीवास्तव, मन्जु कुमारी यादव, सीता गुरुङ र अशोक कुमार यादव छन् । एमालेमा सत्यनारायण मण्डल, शारदा देवी थापा, लगनलाल चौधरी, त्रिलोकी प्रसाद, किशोरी साह, डा. मनोज कुमार सिंह, अनिता कुमारी यादव र जगतारैन देवी रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्