तोलाको चार सयले बढ्यो सुनको मूल्य

Machchapuchchre

अर्थ राजनीति  ~   नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार सात सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य ११८० मा कारोबार भएकोमा आज बढेर तोलामा ११९५ कायम गरिएको महासंघले जनाएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्