नेपालले नयाँ पार्टी दर्ता गरे अब मन्त्रिपरिषद् विस्तारलाई बाटो खुल्यो

Machchapuchchre

अर्थ राजनीति  ~ माधवकुमार नेपालले गठन गरेको नयाँ पार्टीको सनाखत हुने बित्तिकै मन्त्रिपरिषद् बिस्तार हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल नेतृत्वको नयाँ पार्टी दर्ता हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिएका हुन् । बिहीवार समाजवादी केन्द्र, नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले नेता नेपालले दर्ता गरेको नयाँ पार्टीको सनाखत भएको भोलिपल्टै मन्त्रिपरिषद् बिस्तार हुने दाबी गरेका हुन् । यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, नेता नेपाल र आफुविच बिहीवार बिहानको भेटमा समझदारी बनिसकेको पनि उनले जानकारी दिए । केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र गणतन्त्र सिध्याउन अध्यादेश ल्याएको भएपनि वर्तमान सरकारको अध्यादेश ल्याउनु उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नु रहेको प्रचण्डको दाबी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्