धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सिईओलाई छानविन गरि कारवाही गर्न निर्देशन

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सिईओ चन्द्रसिंह साउदलाई अर्थ समितिले छानविन गरि कारवाही गर्न निर्देशन दिएको छ । शुक्रबार बसेको अर्थ समितिको बैठले अध्यक्ष ढुंगाना र सिईओ साउदलाई छानविन गरि कारवाही गर्न निर्देशन दिएको हो । बुक बिलिडङ विधिबाट शेयर निष्काशनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर अध्यक्ष ढुंगानाको छोरी र सिईओ साउदको श्रीमतिले खरिद गरेका थिए । अर्थमन्त्री जनार्दन शर्माले पनि मन्त्रालयले आन्तरिक रुपमा छानविन गरिरहेको र प्रतिवेदनका आधारमा कारवाही गर्ने तयारी भैरहेको जानकारी समिति बैठकमा दिएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्