एमाले सांसद सभामुखको कार्यकक्ष घेराउ गर्दै

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेका सांसदहरु सभामुख कार्यालयमा पुगेका छन् । पार्टीले कारवाही गरेका सांसदहरुलाई कारवाही गरिएको सूचना टाँस गर्न ढिलाइ गरेको भन्दै सांसदहरु सभामुखको कार्यकक्ष घेराउ गर्न पुगेका हुन् । कार्यालय समय शुरु हुनासाथ सांसदहरु सभामुख अग्नि प्रसाद सापकोटाको कार्यकक्षमा पुगेका हुन् । सचेतक शान्ता चौधरीसहित खगराज अधिकारी, गोकुल बास्कोटा, कृष्णभक्त पोखरेल, राजेन्द्र गौतम, लालबाबु पण्डित, विमला विश्वकर्मा, गोमा देवकोटा, सूर्य पाठक लगायतका सांसद सभामुखलाई दबाब दिन गएका हुन् ।पार्टीले गरेको कारवाहीलाई कानून बमोजिम अघि बढाउन एमालेले सभामुखको ध्यानाकर्षण गराएको छ । बुधवार प्रमुख सचेतक विशाल भट्टराईसहितले औपचारिक रुपमा सभामुखलाई कारवाही प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । सभामुखले भने आफूले कानून बमोजिम अध्ययन गर्ने बताएका छन् । एमालेले माधव नेपालसहितका १४ सांसदलाई साउन २५ गतेको केन्द्रीय कमिटी बैठकबाट निष्कासन गरेको छ । सो पत्र भदौ १ गते निर्वाचन आयोग र संसद सचिवालयमा पठाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्