एमालेको प्रतिनिधिसभा अवरोध कहिसम्म कायमै ?

अर्थ राजनीति  ~  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार प्रमुख विपक्षी दल नेकपा एमाले बाहेकको सर्वदलीय बैठक बस्यो । बैठकले एमालेलाई प्रतिनिधिसभाको अवरोध तोडेर सरकारलाई खबरदारी गर्ने र जनताको आवाज उठाउने विपक्षी दलको भूमिका निर्वाह गर्न आग्रह गरेको छ । तर एमालेले भने सर्वदलीय बैठकमा नआउने र प्रतिनिधिसभामा गरिरहेको अवरोध कायमै राख्ने अडान लिएको छ । […]

आजबाट लगाइँदैछ बालबालिकालाई मोडर्ना खोप

अर्थ राजनीति  ~ देशभरका ५७ वटा जिल्लामा आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउन शुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ देखि १७ उमेर समूहका बालबालिकालाई खोप दिइनेछ । आजदेखि शुरु भएको खोप अभियान पुस १४ गतेसम्म चल्ने छ । पहिलो मात्रा खोप लगाएका बालबालिकालाई दोस्रो मात्रा २ माघेदेखि दिइने मन्त्रालयले जनाएको छ […]

सुनको मूल्यमा सामान्य वृद्धि, सोमबार तोलाको ९३ हजार ८ सय रुपैयाँ

अर्थ राजनीति  ~  साताको पहिलो दिन घटेको सुनको मूल्य सोमबार पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ सय रुपैयाँ बढेर कारोबार मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। गत शुक्रबारका तुलनामा ४ सय रुपैयाँ घट्दा आइतबार प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदी प्रतितोला १२ सय ४५ […]

अन्तत: हिमालयन बैंक – नेपाल इन्भेष्टमेन्ट बैंक मर्जर निर्णय भयो

अर्थ राजनीति ~  नेपाल राष्ट्र बैंकले दुई पटक समय थप गरिदिएपछि अन्तत: हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने औपचारिक निर्णय गरेको छ। राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएपछि हिमालयन बैंकका तर्फबाट मर्जर प्रक्रिया अवरुद्ध भएको थियो। यही बीचमा बैंक सञ्चालक समितिको अध्यक्ष तुलसीराम गौतमका ठाउँमा प्रचण्डमान श्रेष्ठ आएपछि मर्जर प्रक्रिया रोकिएको थियो। मर्जर रोकिएपछि राष्ट्र […]

साना उद्योग लगानीमा वृद्धि, १ लाख ७० हजारले रोजगार पाउने : उद्योग विभाग

अर्थ राजनीति  ~  कोरोना महामारी संक्रमणकैबीच मुलुकभर लघु, घरेलु तथा साना उद्योग दर्ता तथा लगानीमा वृद्धि भएको देखिएको छ । उद्योग विभागले केही दिनअघि सार्वजनिक गरेको ‘लघु, घरेलु तथा साना उद्योग तथ्यांक २०७७/७८’ अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा यस्ता उद्योग दर्ता र प्रस्तावित कुल पूँजी पनि बढेको छ । विभागले सार्वजनिक गरेको उक्त […]

प्रधानमन्त्री देउवा गठबन्धनभित्रैबाट अप्ठेरोमा

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० अनुमोदनका विषयमा सत्ता गठबन्धनभित्रैबाट अप्ठेरोमा परेका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा संघीय संसद्को जारी अधिवेशनबाट एमसिसी अनुमोदन गराउने पक्षमा छन्। त्यसका लागि सहमति खोज्न उनले आइतबार गठबन्धनका साथै संसद् मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आह्वान गरे तर,उक्त सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी एमाले […]

एमसीसी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता

अर्थ राजनीति  ~  संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता नेपालको संसद्बाट आगामी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता लैजाने भएको छ । अमेरिकाले सडक पूर्वाधार र ऊर्जाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ५० करोड अमेरिकी डलर दिने सम्झौता गरेको थियो । एमसीसी अनुमोदनका लागि अमेरिकाले नेपालसँग पटकपटक आग्रह गरिसकेको छ । पछिल्लो समय […]

कांग्रेस उपसभापतिमा खड्का र गुरूङ निर्वाचित

अर्थ राजनीति  ~  कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ विजयी भएका छन्। अन्तिम मत परिणामअनुसार खड्काले २१२१ र गुरूङले १९०८ मत ल्याएका छन्। खड्का सभापति निर्वाचित शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् भने गुरूङ शेखर कोइराला समूहका नेता हुन्। देउवा पक्षकै विजय गच्छदार जम्मा २ मतले तेस्रो स्थानमा परेका छन्। उनले १९०६ मत ल्याए।गच्छदारले मतपरिणाममा असहमति […]

ग्लोबल आइएमई बैंकले बेलायतबाट ३ अर्ब ऋण ल्याउदै

अर्थ राजनीति  ~  ग्लोबल आइएमई बैंक लिमिटेडले बेलायतबाट ऋण लिने भएको छ । बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट २५ मिलियन अमेरिकी डलर अर्थात करिब ३ अर्ब नेपाली रुपैयाँ ऋण लिने सहमती पत्रमा हस्ताक्षर भएको हो । बुधबार बैंकमा आयोजित एक समारोहबीच ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा सीडीसी ग्रुपका कन्ट्री […]

सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँ

अर्थ राजनीति  ~  बिहीबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको बिहीबारको कारोबार मूल्य ९३ हजार रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुनको प्रति तोला मूल्य ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको बिहीबारको खरिद बिक्री मूल्य ९२ हजार ५ […]