तीन वर्षमा खर्च र स्रोतको अवस्था उस्तैः अर्थ मन्त्रालय

Machchapuchchre

अर्थ राजनीति  ~  अर्थ मन्त्रालयले सरकारको तीन आर्थिक वर्षको आम्दानी र खर्चको अर्धवार्षिक तथ्यांक एउटै भएको जनाएको छ। गत दुई आर्थिक वर्षमा कोभिड महामारीका कारण काम हुन समस्या परेको थियो। चालु आवमा भने सरकारलाई काम गर्न कुनै अवरोध छैन। चालु बजेटको पूर्ण आकार आउन केही समय लागेको थियो। तर पुँजीगत खर्च नबढ्नुमा यही मात्र कारण अवश्य होइन। मन्त्रालयले भने तीन आर्थिक वर्षका सूचकहरूलाई सामान्य वर्षका रूपमा हेरेर तुलना गरेको देखिन्छ। अहिलेको सरकारले काम गर्न सकेको छैन। चालु आवका तथ्यांकलाई अघिल्ला दुई समस्याग्रस्त आवका तथ्यांकसँग तुलना गर्नु राजनीतिक बेइमानी हुनेछ। मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्ति अनुसार गत दुई वर्षका तुलनामा चालु वर्ष आम्दानीतर्फ धनात्मक अवस्था देखिएको छ। आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म राजस्व संकलन कुल लक्ष्यको ३८.९५ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा ४१.७३ प्रतिशत रहेको थियो। यस्तै चालु आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म ४५.९१ प्रतिशत राजश्व संकलन भएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्