ऋणको ब्याज तिर्न मसान्तअघि नयाँ ऋण लगानी

Machchapuchchre

अर्थ राजनीति  ~  बाणिज्य बैंकहरुले पुसको अन्तिम साता ३५ अर्ब रुपैयाँ ऋण सृजना गरेका छन्। यस्तो ऋण खासगरी पुरानै ऋणको ब्याज तिर्न प्रयोग हुन्छ। यसबाहेक सरकारी राजस्व तिर्नका लागि लिमिट लिएर बसेका ब्यवसायीहरुले पनि झिकेका हुन्छन्। यो समयमा निक्षेप १७ अर्ब रुपैयाँले बढेको छ। विभिन्न खातामा रहेको निक्षेपमा पाकेको ब्याज भुक्तानी भएर बचत खातामा जाँदा यो निक्षेप देखिएको हो। नेपाल बैंकर्स संघका अनुसार, मसान्तसम्म बैकहरुको निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। कुल ऋण ४१ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ। अन्तिम साता ऋण उच्च दरले बढेको देखिए पनि पुस महिनाभरीको विश्लेषण गर्दा निक्षेपको सुधार राम्रो देखिएको छ। पुसमा कुल निक्षेप ८७ अर्बले बढेको छ भने ऋण ५९ अर्ब रुपैयाँले मात्र बढेको छ। तर ६ महिनाको तथ्यांकमा भने निक्षेपभन्दा ऋणको बृद्धि उच्च छ। ६ महिनामा कुल निक्षेप १२३ अर्बले बढेको छ। ऋण भने ४२२ अर्बले बढेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्