राष्ट्र बैंकद्वारा २० करोड रुपैयाँको ट्रेजरी बिल जारी

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले सोमबार २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले माघ ४ गतेदेखि आगामी बैशाख ६, २०७९ सम्म, कुल ९१ दिनका लागि २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गरेको हो । सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले ९१ दिनका लागि जारी हुने ट्रेजरी बिल बैशाख ६ गते परिपक्व (म्याचुरिटी) हुने जनाएको छ । इच्छुक खरिदकर्ता व्यक्ति वा संघ संस्थाले बैंकको वेवसाइटमा गएर बिलका लागि आवेदन दिन सक्नेछन् ।  कुल २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल मध्ये १५ प्रतिशत भने प्रतिस्पर्धामा नराखि बैंकमा नै सुरक्षित गरिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्