लिपुलेक सडक विस्तार : नेपाल–भारत सीमाबारे हाम्रो अडान पुरानै

Machchapuchchre

अर्थ राजनीति  ~  भारतले नेपाली भूमि लिपुलेकमा सडक विस्तार गर्न लागेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन पहिला दिएको अभिव्यक्तिलाई लिएर नेपालका सत्तारुढ र प्रमुख विपक्षी दलले आपत्ति जनाएपछि काठमाडौंस्थित भारतीय दूतावासले सो विषयमा प्रष्टिकरण दिएको छ । शनिबार प्रेस नोट जारी गर्दै भारतीय दूतावासे नेपाल–भारत सीमाबारे भारतको अडान पुरानै रहेको बताएको छ । र यो विषयमा नेपाल सरकारलाई जानकारी गराइसकेको बताएको छ । दूतावासले भनेको छ, ‘भारत–नेपाल सीमाबारे भारत सरकारको अडान सर्वविदित, सुसंगत र स्पष्ट छ । यो विषय नेपाल सरकारलाई जानकारी गराइसकेको छ ।’भारतले स्थापित अन्तर–सरकारी संयन्त्र र च्यानलहरू सञ्चार र संवादका लागि सबैभन्दा उपयुक्त रहेको भन्दै पारस्परिक रूपमा सहमति हुन बाँकी रहेका सीमा समस्याहरू  घनिष्ठ र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको भावनामा रही सम्बोधन गर्न सकिने बताएको छ । भारतले अतिक्रमण गरेका नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नेपालले आफ्नो नयाँ नक्सा जारी गरेको छ । र नेपालले ती भूमि उपभोग गर्न पाउनुपर्ने बताउँदै आएको छ । तर, भारतले ती भूमि आफ्नो भएको दाबी गर्दै सडक निर्माण गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्