प्रचण्ड : “कांग्रेससँगै सहकार्य हुन्छ, अब दायाँ–बायाँ सोच्नुहुन्न”

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो संघीय निर्वाचनमा पनि नेपाली कांग्रेससँगै सहकार्य हुने र हालको गठबन्धन निरन्तर जाने बताएका छन् । बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ’ गर्दै प्रचण्डले एमालेसँग भने सहकार्य सम्भव नभएको बताएका हुन् ।‘कांग्रेससँग नै सहकार्य गर्ने हो, […]

फोहोर विसर्जनमा लफडै लफडा, भदौ १ गतेदेखि पुरै ठप्प पार्ने चेतावनी

अर्थ राजनीति  ~  बञ्चरे डाँडा र सिसडोलका बासिन्दाले फोहोर लान नदिने धम्की दिएका छन् । सरकारसँग भएको सहमतिअनुसार माग पूरा नभएको भन्दै उनीहरूले भदौ १ गतेदेखि फोहोर विसर्जन बन्द गर्ने चेतावनी दिएका हुन् । स्थानीयले साउन ३१ भित्र फोहोर मैला व्यवस्थापन गर्दा प्रभावित हुने विशेष संवेदनशील क्षेत्रबाट मानव बस्तीहरू अलग गर्ने लगायतका काम सुरु नगरे […]

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३० अर्ब बजारमा पठाउँदै

अर्थ राजनीति  ~  बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । बिहीबार ७ दिन अवधिको रिपो जारी गर्दै राष्ट्र बैंकले उक्त रकम वित्तीय बजारमा पठाउन लागेको हो । बैंकहरुमा तरलताको समस्या भएपछि रिपो मार्फत तरलता व्यवस्थापन गर्न वित्तीय बजारमा उक्त रकम पठाउन लागेको राष्ट्र बैंकका प्रवक्ता डा. […]

लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतमा अजय विक्रम शाहको निरन्तरता

अर्थ राजनीति  ~  लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृतमा अजय विक्रम शाहलाई निरन्तरता दिएको छ। बैंकको बुधबार बसेको सञ्चालक समितिले ४ वर्षका लागि शाहलाई निरन्तरता दिने निर्णय गरेको हो। लक्ष्मी बैंकले पछिल्ला दिनहरुमा संस्था भित्रैबाट नेतृत्व चयन गर्ने गरेको छ। यसअघि सुदेश खालिङ प्रमुख कार्यकारी अधिकृत थिए। सुमन जोशीले बैंक छाडेपछि भित्रैबाट खालिङलाई नेतृत्व दिइएको थियो। […]

सरकारप्रति राष्ट्रपति भण्डारी असन्तुष्ट

अर्थ राजनीति  ~  राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएका बेला सरकारले फजुल खर्च नियन्त्रण र मितव्ययीता अबलम्बन गर्न नसकेको गुनासो गरेकी छिन् ।विभिन्न सञ्चारमाध्यमका प्रकाशक र सम्पादकसँग मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित भेटघाट कार्यक्रममा सरकारप्रति असन्तुष्ट देखाएकी राष्ट्रपति भण्डारीले आर्थिक अनुशासन कठोरतापूर्वक पालना गर्नुपर्ने आवश्यकता औंल्याइन् । सरकारका विभिन्न निर्णयप्रति असन्तुष्टि जनाएकी राष्ट्रपति […]

राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्री देउवाले शपथ सम्बन्धी विधेयक प्रस्तुत गर्ने

अर्थ राजनीति  ~  राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको शपथ सम्बन्धी विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसैगरी भौतिक पूर्वाधारमन्त्री मोहमद इश्तियाक राईले […]

जनार्दन शर्मामाथि छानबिन प्रकरण: समितिले थाल्यो प्रतिवेदन लेख्न

अर्थ राजनीति  ~  बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराएको भन्दै तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले प्रतिवेदन लेखन सुरू गरेको छ। समितिले शर्मासँग लिएको बयान, कर्मचारीहरूसँगको सोधपुध र सिसिटिभी फुटेजको आधारमा प्रतिवेदन लेखनको थालनी गरेको समिति सचिव सुरेन्द्र अर्यालले बताए। समितिले साउन ५ मा लिएको बयानमा शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको […]

केपी ओलीले झापामा कार्यकर्तासँग संवाद गर्ने

अर्थ राजनीति  ~   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन क्षेत्रका मतदातासँग तीन दिनसम्म अन्तरक्रिया गर्ने भएका छन् । झापा क्षेत्रनम्बर ५ का कार्यकर्ता र मतदातासित अन्तरक्रिया गर्न ओली बुधबार झापामा हुनेछन् । बुधबार झापाको बिर्तामोडमा हुने एउटा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने बाहेक १३ गते साँझसम्म उनले झापाका नेता, कार्यकर्ता र मतदाताहरुसँग एक्लाएक्लै तथा सामूहिक […]

ब्याजदर वृद्धिले बैंकहरुको नाफामा संकुचन आउने त्रास

अर्थ राजनीति  ~  आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले कसिलो वित्तीय नीति लिएको छ । केन्द्रीय बैंकले कर्जा नियन्त्रणसँगै बैंकिङ ब्याजदर वृद्धि गर्दै तरलता व्यवस्थापन, विदेशी मुद्राको सञ्चितिको चापमा कमी र बजार महँगी (मुद्रास्फीति) समेत नियन्त्रणमा राख्ने रणनीति बनाएको छ । सरकारले लिएको उच्च आर्थिक वृद्धिदरको लक्ष्य भेट्न समेत मौद्रिक नीतिले निकै राम्रो सपोर्ट गर्ने […]

१४ प्रतिशत ब्याज पाएपछि बैंकहरूले राखे तीन अर्ब ६० करोड

अर्थ राजनीति  ~ राष्ट्र बैंकले साउन १० गतेको लागि जारी गरेको दुई अवधिका ट्रेजरी विल्स (ऋणपत्र) मा बैंकहरूले अधिकतम १२.२४ देखि १३.९९ प्रतिशतसम्म ब्याजदर माग गरेका छन्।हालै राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले बैंकहरूले राष्ट्र बैंकमा चार प्रतिशत बराबरको अनिवार्य नगद मौज्दात राख्नुपर्ने व्यवस्था गरेको छ। यो रकम राखिसकेपछि बैंकहरूले आफ्नो योजनाअनुसार यस्ता ऋणपत्रमा जति […]