एकअर्कामाथि खनिए ओली र प्रचण्ड
अर्थ राजनीति ~ नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकअर्काको तीव्र आलोचना गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित फरक–फरक कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वयले एकअर्काको अनेक आरोप पनि लगाए । ओलीले प्रचण्डलाई आफूमाथि छुरा रोपेको आरोप लगाए भने प्रचण्डले ओलीलाई भ्रष्टाचारमा चुर्लुम्म डुबेको आक्षेप लगाए । बिहीबार माओवादी केन्द्र चितवनका नेता […]
