झापा ५ मा ओली पाँच हजार बढी मतान्तरले अघि

अर्थ राजनीति  ~  झापा क्षेत्र नम्बर ५ मा मतगणना जारी छ। अहिलेसम्म यहाँ २४ हजार चार सय २१ मत गणना गरिएको छ। नेकपा एमालेका उम्मेदवारसमेत रहेका अध्यक्ष केपी शर्मा ओली लगातार यहाँ अगाडि छन्। ओलीले १२ हजार एक सय ८६ मत ल्याएका छन्। नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले ७ हजार एक सय ३ मत ल्याएका […]

” ८ दिनभित्र मतगणनाको नतिजा आउँछ ” :प्रमुख निर्वाचन आयुक्त थपलिया

अर्थ राजनीति  ~  प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १० को मतगणनास्थलको निरीक्षण गर्दै उनले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मतपरिणामको नतिजा आउने दाबी गरे । आठ दिनभित्र नतिजा आउने गरी देशभर मतगणना भइरहेको उनको भनाइ थियो ।

मर्जर : कुमारी बैंक र एनसीसी बैंकको स्वाप रेसियो पारित

अर्थ राजनीति ~  कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को सेयर आदानप्रदान अनुपात(स्वाप रेसियो) पारित भएको छ।गत मंसिर १ गते बसेको संचालक समिति बैठकले मर्जर प्रयोजनका लागि संस्थाको स्वाप रेसियो १ बराबर १ अनुपात कायम गर्ने निर्णय गरेको हो। गत असोज १० गते मर्जर प्रयोजनका लागि दुबै बैंकबीच सहमति भएको थियो। समझदारीपत्रको […]

काठमाडौं ४ मा गगन थापा पुनः बिजयी

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका महामन्त्री समेत रहेका गगनकुमार थापाले काठमाडौं क्षेत्र ४ ह्याट्रिक गरेका छन् । काठमाडौं–४ बाट थापाले ७४५७ मतान्तरले नेकपा एमालेका  डा. राजन भट्टराईलाई हराउँदै ह्याट्रिक गरेका हुन् । प्राप्त विवरण अनुसार थापाले २१ हजार ३०३ भोट ल्याउदा उहाँका निकतम प्रतिद्वन्दी एमालेका डा. राजन भट्टराईले १३ हजार ८ सय ५५ भोट पाउनु […]

‘प्रधानमन्त्री-मन्त्री’ पदको आश्वासन दिदै सत्ता गठबन्धनका नेताहरु

अर्थ राजनीति  ~  सत्तारूढ गठबन्धनका शीर्ष नेता ‘चुनावी एजेण्डा ’का आधारमा भन्दा आफ्ना उम्मेदवार जिताउन ‘प्रधानमन्त्री र मन्त्री बनाउने’ भन्दै मतदाताका घरदैलोमा छन् । विभिन्न जिल्ला गएर ‘गठबन्धन उम्मेदवारलाई जिताएको खण्डमा प्रधानमन्त्री तथा मन्त्री बनाइने’ भन्दै उनीहरूले मतदातालाई ‘मनोवैज्ञानिक दबाब’ दिन थालेको पाइएको हो । जनतालाई विकास, समृद्धि र सुशासन एजेन्डामा सहमत गराउन छोडेर ‘तपाईंका […]

चुनाव नजिकिएसँगै काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन भद्रगोल

अर्थ राजनीति   ~  काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । चुनावका लागि काठमाडौं उपत्यकामा खटिएका ट्राफिक प्रहरी अन्य जिल्लामा खटिएसँगै ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन थालेको हो । केही दिनयता उपत्यकामा बिहानैदेखि जाम हुन थालेको छ । दिउँसो र बेलुकाको समयमा त झन् भद्रगोल नै हुने गरेको छ । काठमाडौं उपत्यकामा एक हजार सात सय […]

BOK र GIBL को एकैदिन साधारण सभा, मर्जर र लाभांश प्रस्ताव

अर्थ राजनीति  ~  बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकले मंसिर २३ गते मर्जर र लाभांश प्रस्तावलाई स्वीकृति प्रदान गर्ने भएका छन् । दुबै बैंकले एकै दिन वार्षिक साधारण सभा आव्हान गरेका हुन् । बैंक अफ काठमाण्डूले २८ औँ वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुडिखेल, काठमाडौंमा बिहान १० बजे बोलाएको छ । सभाले […]

मंसिरमा बैंकहरूले ब्याजदर नघटाउने

अर्थ राजनीति  ~  मंसिर महिनमा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् । मंगलबार बिहान बसेको बैंकर्स संघको बैंठकले अर्थतन्त्रको सूचकहरुमा स्थिर नै रहेकोले ब्याजदरमा तल-माथि गर्नुपर्ने अवस्था नदेखिएको निष्कर्ष निकालेको बैंकर्स संघको उपाध्यक्ष सुनिल केसीले बताए । ‘मुख्य आर्थिक सूचकहरु पहिलेकै ठाउँमा छन् । मुद्रास्फीति पहिलेकै ठाउँमा छ,’ उनले भने, ‘मौद्रिक नीतिको प्रथम […]

गरेका कामकाे आधारमा जनताले एमालेलाई जिताउने ओलीकाे दावी

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले गरेका कामका आधारमा नै जनताले आफूहरुलाई चुनावमा बहुमतले जिताउने विश्वास व्यक्त गर्नुभएकाे छ । नागरिक समाज र स्वतन्त्र अगुवाले आज मंगलबार गरेकाे पैदल यात्रा कार्यक्रममा सहभागी हुँदै उहाँले यस्ताे बताउनुभएकाे हाे। पैदल यात्रा कार्यक्रममा अध्यक्ष ओलीसहित उहाँकी धर्मपत्नी राधिका शाक्यसहित दलका प्रदेश सभा सदस्यका उम्मेदवारहरुलाई […]

चुनावमा सरकारले दियो तीन दिन सार्वजनिक बिदा

अर्थ राजनीति  ~  सरकारले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर तीन दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै २, ४ र ५ मंसिरमा बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा २ मंसिरका दिन मतदानस्थल भएका विद्यालय तथा ४ र ५ मंसिरमा […]