प्रधानमन्त्री र निर्वाचन आयोग पदाधिकारीबीच छलफल

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  निर्वाचन आयोगका पदाधिकारीबीच छलफल गरि   राष्ट्रपति, उपराष्ट्रपति र रिक्त राष्ट्रिय सभा सदस्य पदको चुनावका लागि आवश्यक प्रक्रिया सुरू गर्न  आयोगलाई आग्रह गरेका छन्। आज सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको १ स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीहरुसँग प्रधानमन्त्रीले आग्रह गरेका हुन्।‘रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस्, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलहरुबीच छलफल गर्छौँ र हामी एउटा निष्कर्षमा पुगौला,’ उनले भने। स्थानीय तहको निर्वाचन, प्रदेश सभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा प्रधानमन्त्री प्रचण्डले आयोगका पदाधिकारीहरूलाई धन्यवाद पनि दिएका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्