ठूलो भाग खोज्ने हुँदा सबै गुमायो कांग्रेसले

Machchapuchchre

अर्थ राजनिति  ~  संविधानसभाबाट जारी भएको नयाँ संविधानअनुसार पहिलो आम निर्वाचन गराएका कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीलाई हस्तान्तरण गर्दै पाँच वर्षअघि बालुवाटारबाट बाहिरिएका थिए । ओलीले दुईपटक प्रतिनिधिसभा विघटनको प्रयास गर्दा त्यसलाई जोगाउँदै प्रधानमन्त्री बनेका देउवाले मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गराए । यसपटकको चुनावपछि ठुलो दल बने पनि महत्त्वपूर्ण पद आफैँले राख्ने महत्त्वाकाङ्क्षा राख्दा कांग्रेस पाँच वर्षअघिकै नियति बेहोर्नुपर्ने अवस्थामा पुगेको छ । निर्वाचनपछिको पहिलो सरकारको नेतृत्व आफैँले गर्ने महत्त्वाकाङ्क्षाले तत्कालका लागि कांग्रेस संघ र प्रदेशको सरकारबाट बाहिर पर्ने भएको छ । उपराष्ट्रपति, राष्ट्रपति, सभामुखसहितका महत्त्वपूर्ण पदमा पनि कांग्रेसको हिस्सेदारी अहिलेकै अवस्थामा करिबकरिब नहुने निश्चित भएको छ । पाँच वर्षमा तीन सरकार बनाउँदै कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले आलोपालो नेतृत्व गर्नेमा शीर्ष नेताहरू सहमत भएका थिए तर ठूलो भाग खोज्ने  हुँदा कांग्रेसले सबै गुमायो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्