प्रभु र सेन्चुरी बैंकलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति

Machchapuchchre

अर्थ राजनीति  ~  प्रभु बैंक र सेन्चुरी बैंकलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ। दुबै बैंकले पुस १४ गते सम्पन्न वार्षिक साधारण सभामार्फत एक आपसमा मर्जर जाने प्रस्ताव पारित गरिसकेका छन्। प्रभु बैंक र सेन्चुरी बैंक १ः१ को सेयर स्वाप रेसियोमा मर्जरमा जान लागेका हुन्। प्रभु बैंकको १०० कित्ता बराबर सेञ्चुरी बैंकको १०० कित्ता नै हुने अनुपातमा मर्जर भएको हो। मर्जरपछि प्रभु बैंकको नाममा एकीकृत कारोबार हुनेछ। कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि दुबै कम्पनीले एकीकृत कारोबार सुरू गर्नेछन्। हाल प्रभु बैंकको चुक्ता पुँजी १३ अर्ब ५३ करोड र सेञ्चरी बैंकको १० अर्ब रूपैयाँ छ। मर्जरपछि बन्ने बैंकको चुक्तापुँजी २३ अर्ब रुपैयाँको हाराहारीमा पुग्नेछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्