विदेशबाट मोबाइल ल्याउँदा १८ प्रतिशत भ‌न्सार लाग्ने निर्णयबाट पछि हट्याे सरकार

Machchapuchchre

अर्थ राजनीति  ~  विदेशबाट मोबाइल तथा ल्यापटपलगायतका सामान ल्याउँदा कडाइ गर्ने भन्सार विभागकाे निर्णय तत्काल लागू नहुने भएको छ । प्रधानमन्त्री कार्यालयले तत्कालका लागि याे निर्णय लागू नगर्न निर्देशन दिएपछि विभाग पछि हटेकाे हाे । त्रिभुवन विमानस्थल भन्सार विभागका प्रवक्ता यमराज पाण्डेले प्रधानमन्त्री कार्यालयबाट निर्देशन आएसँगै १८ प्रतिशत कर लगाउने निर्णय कार्यान्वयन नगरिएको बताए ।उनले भने, ‘आजै प्रधानमन्त्री कार्यालयबाट निर्देशन आएपछि हामीले कार्यान्वयन गरेनौँ ।’ यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले एमडीमएस प्रणाली लागू गरेर विदेशबाट लुकाएर ल्याएका माेबाइल आजदेखि नचल्ने व्यवस्था गरेको थियाे । साेही अनुसार भ‌न्सार विभागले पनि पुस १५ गतेबाट विदेशबाट आयात गरिने मोबाइल, ल्यापटपलगायतका सामग्रीमा १८ प्रतिशतसम्म भन्सार शुल्क लाग्ने निर्णय गरिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्