प्रतिनिधिसभा बैठक आज बस्दै, अधिवेशन अन्त्यको तयारी

Artharajniti  ~  संघीय संसद‍्अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने सम्भावित कार्यसूची छ। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूचीमा […]

इजराइलद्वारा युद्धविराम अस्वीकार

Artharajniti  ~  इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सोमबार हमासविरुद्ध युद्धविराम गर्न स्पष्टरूपमा अस्वीकार गरेका छन् । “युद्धविराम गर्नु भनेको हमास र आतङ्कवादसँग आत्मसमर्पण गर्नु हो”, युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूको माग अस्वीकार गर्दै उनले भनेका छन् ।“यस्तो हुने छैन”, विदेशी पत्रकारहरूसँग कुरा गर्दै उनले भनेका छन्, “इजराइलले विजय नभएसम्म यो लडाइँ लडिरहने प्रतिज्ञा गरेको छ ।” […]

” नेपालले बिना कारण जलवायु परिवर्तनको असर भोग्नु परेको छ ” : महासचिव गुटेरेस

Artharajniti  ~  संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको असर नेपालले भाग्नु परेको बताएका छन् । समुन्द्री सतहदेखि ४ हजार १ सय ३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर ९एबिसी० पुगेर उनले जलवायु परिवर्तनको मुख्य कारण विकसित राष्ट्र भएपनि त्यसको असर नेपालले भाग्नु परेको बताएका हुन् । उनले यसमा नेपालको कुनै हात नभएको बताए […]

नेपालको नवीकरणीय ऊर्जामा लगानी गर्न बेलायतसँग अर्थमन्त्री महतको आग्रह

Artharajniti  ~  अर्थमन्त्री डा. प्रकाश शरण महतले बेलायतको तर्फबाट नेपालको नवीकरणीय ऊर्जामा लगानीका लागि आग्रह गरेका छन् ।  अधिराज्य (बेलायत) का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच लन्डनस्थित अर्थ मन्त्रालयमा भएको भेटवार्ताका क्रममा अर्थमन्त्री डा. महतले बेलायत नेपालको एक प्रमुख विकासको साझेदार देश रहेको स्मरण गर्दै हरित ऊर्जामा दीर्घकालीन वित्तीय स्रोत उपलब्ध गराउन समेत आग्रह गरे । […]

रिगलको कैद कट्टाविरुद्धको रिट प्रधानन्यायाधीशसहितको इजलासमा

Artharajniti  ~  गुण्डानाइके रिगल भनिने योगराज ढकालको कैद कट्टाविरुद्ध परेको रिट प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको पूर्ण इजलासमा परेको छ । रिगलविरुद्धको रिट प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा परेको हो । राष्ट्रपतिद्वारा ६० प्रतिशत कैद कट्टा गरि थुनामुक्त गरिएको निर्णय कानुनसंगत नभएको भन्दै चेतनकी पत्नी भारती शेर्पाले दायर गरेको रिट यसअघिको संयुक्त इजलासले […]

अध्यक्ष ढकाल : – ” सर्वसाधारणले अर्थतन्त्रप्रति विश्वास गुमाउँदै गएको अवस्था “

Artharajniti   ~   नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सर्वसाधारणले अर्थतन्त्रप्रति विश्वास गुमाउँदै गएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बिहिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा उनले यस्तो बताएका हुन् । विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च अवस्थामा रहँदा कुनै विनिमय जोखिम समेत नरहेको अवस्थामा र मासिक एक खर्ब १६ अर्ब रेमिट्यान्स भित्रिरहेको […]

इजरायलमा उद्धार आजबाटै, शव केही दिनपछि

Artharajniti  ~  इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाइ हुने भएको छ । शव छिटो ल्याउन नेपाल सरकारले इजरायल सरकारसँग सहकार्य गरिरहेको भए पनि शव हस्तान्तरणको प्रक्रिया पूरा नभएकाले ढिलाइ हुने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।परराष्ट्र मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायल सरकारले शव हस्तान्तरण गरेपछि मात्रै सो […]

इजिप्ट बोर्डरमा रहेका ७६ नेपाली विद्यार्थी उद्धारको पर्खाइमा

Artharajniti  ~  इजरायलमा प्यालेस्टाइनी हमास समूहको आक्रमणपछि जोखिम क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सारिएका बेला थप ७६ नेपाली विद्यार्थी इजरायल र इजिप्टको बोर्डरमा उद्धारको प्रतीक्षामा रहेका छन् । नेपाल सरकारले धेरै नेपालीलाई सुरक्षित स्थानमा सारिएको भनिरहेका बेला आफूहरू भने इजरायल–इजिप्टको बोर्डरमा अलपत्र अवस्थामा रहेको सुरज भण्डारीले जानकारी दिए । ‘अहिले हामी करिब ७६ नेपाली विद्यार्थी […]

स्थानीय तहका कर्मचारी १० दिनदेखि आन्दोलनमा: सेवा प्रभावित, सरकार मौन

Artharajniti  ~  एकीकृत निजमती ऐन जारी गर्नुपर्नेलगायत माग राख्दै स्थानीय तहका कर्मचारी १० दिनदेखि आन्दोलनमा रहँदासमेत सरकारले बेवास्ता गर्दै आएको छ । काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन गरिरहेका कर्मचारीको माग सम्बोधन नहुँदा स्थानीय तहको सेवा प्रभावित भएको छ । संघीयता विज्ञ खिमलाल देवकोटाले सरकारले आन्दोलनरत् कर्मचारीलाई बार्तामा बोलाई समाधान खोज्नुपर्ने बताए । उनले स्थानीय तहको माग […]

“दिगो विकासका लक्ष्यहरु पूरा गर्न सरकारले ऐन कानून सुधार गर्न आवश्यक छ “: अध्यक्ष ढकाल

Artharajniti  ~  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकासका लक्ष्यहरु पूरा गर्न सरकारले ऐन कानून र नीतिहरु सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । मंगलवार महासंघ र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजनामा भएको दिगो विकासका लक्ष्य कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा दिगो विकासका लक्ष्यहरु पूरा गर्ने निजी क्षेत्रको […]