भारतीय दूतावासलाई नेमकिपाको विरोधपत्र

काठमाडौं । कालापानी र लिपुलेकअंकित भारतीय नक्सा खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टीले भारतीय दूतावासमा विरोधपत्र बुझाएको छ । भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा पार्टीले जिल्ला र क्षेत्रीयस्तर हुँदै काठमाडौं उपत्यकामा प्रदर्शन र धर्नापछि विरोधपत्र बुझाएको केन्द्रीय सदस्य सुरेन्द्रराज गोर्साइंले बताए । नेमकिपाले काठमाडौंमा सोमबार रत्नपार्कदेखि लैनचौरसम्म प्रदर्शन गरेको थियो । यसअघि पार्टीका संगठन भएका २५ […]

सागको समापनमा प्रधानमन्त्रीले दिए खेलाडीहरुलाई भिडियोमार्फत बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग ) सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन् । समापन समारोहमा भिडियो सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले साग सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै खेलमा सहभागी देश, खेलाडी तथा प्रशिक्षकलाई बधाई ज्ञापन गरेका हुन् । उनले यो खेलमा खेलाडीको सहभागीता, संलग्नता उल्लेख्य रहेकोमा खुशी व्यक्त […]

भारतीय गृहमन्त्रीमाथि प्रतिबन्ध लगाउन अमेरिकी आयोगको सुझाव

काठमाडौं । धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी आयोगले भारतका गृहमन्त्री अमित शाहमाथि प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ । भारतको तल्लो सद लोकसभाबाट नागरिकता संशोधन विधेयक पास भएपछि लाखौं मुस्लिम र गैरहिन्दू अल्पसंख्यकहरू नागरिकताविहीन हुने भन्दै अमेरिकी आयोगले चिन्ता व्यक्त गरेको छ । अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताका लागि अमेरिकी आयोग (युएससीआइआरएफ) ले मंगलवार प्रेस विज्ञप्ति जारी गरि यदि यो […]

कोहलपुरमा निषेधाज्ञा हट्यो, डीएसपी पनि फेरिए

बाँके । जिल्ला प्रशासन कार्यालय, बाँकेले कोहलपुरमा लगाइएको निषेधाज्ञा हटाएको छ । आइतबार कोहलपुर–६ मा ट्रकको ठक्करबाट बालिका गम्भीर घाइते भएपछि चर्किएको आन्दोलनलाई नियन्त्रणमा लिने क्रममा लगाइएको निषेधाज्ञा लगाएको मंगलबार विहान १०ः३० बजेबाट पूर्ण रुपमा हटाइएको हो । जिल्ला प्रशासन कार्यालय, बाँकेका अनुसार २२ गतेदेखि पूर्वमा चप्परगौँडी, पश्चिममा किरण नाला, उत्तरमा नौबस्ता र दक्षिणमा पिपिरीसम्म अर्को […]

नेपाली महिला टोली भारतसँग हारेपछि मन्चमै यसरी भक्कानिएर रोइन मन्त्री पुन

काठमाडौं । सोमबार पोखरा रंगशालामा प्यारापिट सबै भरिभराउ थियो। दिउँसो १:०० बजेदेखि पोखरा रंगशालामा नेपाल र भारत महिला फुटबल हुँदै थियो। खेल सुरू अघिनै प्यारापिटमा नेपाली झण्डा बोकेका खेलप्रेमी निकै उत्साहका साथ बसिरहेका थिए। खेल सुरू भयो। भारतकी बालादेवीले पहिलोमा एक र दोस्रो हाफमा अर्को गोल गरेसँगै स्वर्ण जित्ने नेपाली टोलीको सपना तुहियो। भारतले नेपालविरूद्ध […]

काठमाडौंमा आज जोर नम्बरका सवारीमात्र चलाउन पाइने

काठमाडौं । १३ तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को समापनको दिन आज काठमाडौँका मुख्य सडक क्षेत्रमा बिजोर नम्बरप्लेट भएका गाडीलाई सञ्चालनमा रोक लगाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्थापनका लागि जोरबिजोर प्रणाली लागू गरेको जनाउँदै आज जोर नम्बरप्लेटका गाडी मात्रै चलाउन अनुरोध गरेको छ । यसअघि साग उद्घाटनका दिन जोर नम्बर प्लेटका गाडी […]

नेकपा नेता माधव नेपाल र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं । नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पूरीबीच भेटवार्ता भएको छ । सोमबार बिहान नेता नेपालसँग भेट गर्नका लागि राजदूत पुरी निवास पुगेका थिए । आफ्नो कार्यकाल पूरा गर्न लागेका राजदूत पुरीले विदेश विभाग प्रमुखसमेत रहेका नेता नेपालसँग विदाई भेट गरेका हुन् । भेटमा राजदूतको कार्यकालको संक्षिप्त चर्चा […]

तापमान वृद्धिको प्रभावबारे ‘कोप–२५’ मा ध्यानाकर्षण गराउँछौँ – मन्त्री बस्नेत

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २५औँ सम्मेलन कोप–२५मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति स्पेन प्रस्थान गरेका छन । स्पेनको म्याड्रिडमा भइरहेको कोप–२५ को विशेष सभालाई मन्त्री बस्नेतले बुधबार सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । म्याड्रिड प्रस्थानअघि मन्त्री बस्नेतले हिमालयहरुमा हिउँ पग्नले […]

कार्यकारी अध्यक्ष बनेको महिनादिन नबित्दै प्रचण्डले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्कोयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको कार्यकारी अध्यक्ष बनेको महिनादिन नबित्दै पार्टीको स्थायी समिति बैठक बोलाएका छन् । नेकपा स्रोतले दिएको जानकारी अनुसार स्थायी समितिको बैठक मंसिर २९ गते बस्ने भएको छ। सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठकले स्थायी कमिटीको मिति तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी […]

निर्वाचित वडाध्यक्षमाथि नै बोक्सो भन्दै कुटपिट

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाको २ नम्बर वडाका अध्यक्ष पञ्चबहादुर प्रजामाथि स्थानीयहरुको एक समूहले बोक्सा भन्दै कुटपिट गरेको छ । स्थानीय युवाहरुको समूहले वडाध्यक्ष प्रजामाथि कुटपिट गर्दै मानव जुत्ताको माला लगाइ मानव मलमुत्र खुवाउने प्रयास समेत गरेको छ । शनिबार साँझ उत्तरकुमार गुरुङ, बिर्खबहादुर गुरुङ लगायतका व्यक्तिको समूहले वडाध्यक्ष प्रजामाथि कुटपिट गरी बोक्सा भएको भन्दै जुत्ताको […]