सागको समापनमा प्रधानमन्त्रीले दिए खेलाडीहरुलाई भिडियोमार्फत बधाई

Machchapuchchre

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग ) सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन् । समापन समारोहमा भिडियो सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले साग सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै खेलमा सहभागी देश, खेलाडी तथा प्रशिक्षकलाई बधाई ज्ञापन गरेका हुन् ।

उनले यो खेलमा खेलाडीको सहभागीता, संलग्नता उल्लेख्य रहेकोमा खुशी व्यक्त गरे । उनले सागले दक्षिण एसियाली देश र जनताका बीचमा एकाता तथा मित्रता अभिविद्धृ गर्ने काममा अझ प्रगाढ बनाएको बताए ।

उनले भने, ‘सागमा संलग्न सवै पक्षलाई बधाइ तथा धन्यवाद दिन चाहान्छु । काठमाडौं, पोखरा र जनकपुरमा एकैसाथ सफलतापूर्वक सञ्चालन हुनु नेपालीका लागि ज्यादै खुशीको कुरा हो । यस सफलताका लागि योगदान दिने नेपाल लगायत सवै सहभागी देशका सरकार, खेलाडी, प्रशिक्षक सवैलाई धन्यावाद भन्न चहान्छु ।’

उनले साग खेलकुदले नेपाल भ्रमण वर्षलाई सफल बनाउन योगदान पु¥याउने विश्वास लिएको बताए । खेलमा अनुशासित र मर्यादित बनेर नेपाली खेलाडी प्रस्तुत भएकोमा हार्दिक धन्यवाद दिए । उनले नेपालले पाएको सफलता प्रति खुशी व्यक्त गर्दै सफलताका लागि सवैमा बधाई तथा धन्यवाद ज्ञापन गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्