कार्ययोजनामार्फत मानवअधिकार आयोगमाथि हस्तक्षेपको प्रयास !
काठमाडौं । सरकारले मानवअधिकारका विषयमा फेरि हस्तक्षेप गर्नेगरी कार्ययोजना ल्याउन लागेको छ । मानवअधिकार आयोगसम्बन्धी विधेयकमार्फत् आयोगको अधिकार कटौतीको प्रयास गरेको सरकारले मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजनामा फेरि त्यस्तै रवैया देखाएको हो । मानवअधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजनाको मस्यौदामा सरकारले कार्यपालिकाको हस्तक्षेपलाई समावेश गरेपछि सरोकारवालाहरुले भने आपत्ति जनाएका छन् । मानवअधिकार कार्ययोजना कार्यान्वयन अनुगमनको जिम्मा तीन तहका सरकारले […]
