नेपाली महिला टोली भारतसँग हारेपछि मन्चमै यसरी भक्कानिएर रोइन मन्त्री पुन

Machchapuchchre

काठमाडौं । सोमबार पोखरा रंगशालामा प्यारापिट सबै भरिभराउ थियो। दिउँसो १:०० बजेदेखि पोखरा रंगशालामा नेपाल र भारत महिला फुटबल हुँदै थियो। खेल सुरू अघिनै प्यारापिटमा नेपाली झण्डा बोकेका खेलप्रेमी निकै उत्साहका साथ बसिरहेका थिए। खेल सुरू भयो।

भारतकी बालादेवीले पहिलोमा एक र दोस्रो हाफमा अर्को गोल गरेसँगै स्वर्ण जित्ने नेपाली टोलीको सपना तुहियो। भारतले नेपालविरूद्ध दुई गोल गरेर स्वर्ण पदक आफ्नो पक्षमा पार्न सफल भयो। आयोजकले औपचारिक कार्यक्रमसँगै विजेता र उपविजेतालाई मेडल र ट्रफी प्रदान गर्न खेल मैदानमै खेल संवद्ध पदाधिकारीलाई आमन्त्रण गरे।

खेल मैदानमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक विकासमन्त्री नरदेवी पुन राखेप सदस्यलगायतका पदाधिकारीको उपस्थिति थियो। मेडल लिनका लागि कार्यक्रम सञ्चालकले उपविजेता बनेको नेपाली टोलीलाई मेडल लिन नाम उद्घोष गरे।

मेडल वितरण गर्नेक्रममा स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिकी संयोजक रहेकी मन्त्री पुनले खेलाडीको अनुहारभरि पराजितको पीडा देखेपछि आफूलाई रोक्न सकिनन्। आँखाभरि आँसु पार्दै उनले नेपाली खेलाडीलाई मेडल वितरण गरिन्।

मन्त्री पुनले आँखाको आँसु पुछ्दै भनिन्, ‘नेपाली खेलाडी छोरीहरू निकै उत्साहपूर्ण खेल खेले, तर स्वर्ण जित्ने रहर पूरा भएन उनीहरूको अनुहारमा पराजित हुनुपरेको पीडाले मलाई निकै भावुक बनायो, छोरीहरू निराश हुँदा मेरो आँखामा आँसु रोकिएन।’ उनले आँसु पुछ्दै फेरि भनिन्, ‘नेपाली छोरीहरूको अनुहारमा पराजित हुँदाको पीडाले मैले आँसु थाम्न सकिनँ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्